News

Jun 4, 2008

लिम्बू भाषा भन्दा अरबी भाषा वढी जान्ने राजेश लिम्बू

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कतार, मातृभाषामा बरु कही अड्केलान् राजेश लिम्बू, तर अरबी भाषामा पोख्त छन् । अरबी भाषाको अखबार खर्रर पढ्न सक्छन् । धाराप्रवाह कुरा गर्न सक्छन् र आवश्यक परे अरबी लिपिमा हस्ताक्षर पनि ठोक्छन् । ७ वर्षघि दोहा छिरेका उनी अहिले भाषागत कुरामा लिम्बूमूलका अरबीझैं बनेका छन् । 'बरु मलाई आफ्नै लिम्बू भाषा पढलेख गर्न कठिन हुन्छ,' उनले भने ।
धनकुटा बुढीमोरङ-३, गैरीगाउ निवासी राजेशलाई अरबी भाषा सिकाइबाट फाइदै भएको छ । भाषाकै कारणले अहिले उनी राम्रो काम-दाम पाउन सफल छन् । सन् २००१ को अगस्टमा दोहा छिरेदेखि उनी न्युरइयानस्थित किराना पसलमा कार्यरत छन् । ६ सय रियालबाट सुरु भएको उनको तनाखा ११ सय रियाल पुगिसकेको छ । 'अन्य सुविधा पनि राम्रै छ,' उनले सुनाए ।
पसलका मुदिर फरिदले आफूलाई अरबी लेख्न र बोल्न सिकाएको राजेशले जानकारी दिए । तर सिक्ने क्रममा आफैले पनि उत्तिकै मिहिनेत गरेको उनले बताए । भाषा आफैंमा एउटा सम्पत्ति हो भन्ने प्रमाणसमेत हुन् उनी ।
९ वर्षघि एसएलसीमा सहभागी उनी सुरुमा अंग्रेजीका कारण गुल्टिए, त्यसपछि विज्ञानमा । त्यसपछि भने परीक्षामै नबसी उनी खाडी आइपुगे । 'घरको आर्थिक अवस्था पनि त्यति राम्रो थिएन, पढाइको विषयमा दाजुसंग सामान्य भनाभन भयो । अनि यता आइहाले,' उनले सम्झीए । दोहाको सातवर्षो बसाइमा राजेशल घरको ७५ हजार रुपैयाको ऋण चुक्ता गरिसकेका छन् । थोरबहुत जग्गा पनि जोडेका छन् । 'पोहोर गाउ गएर विवाह पनि गरियो,' अनुहार चम्काउदै उनले भने । एक वर्षघि मात्रै प्रणय सूत्रमा बाधिएका २३ वर्षोको अनुहारमा एकाएक कान्ति छाउनु स्वाभाविक पनि थियो । 'आउने जनवरीमा उता जान्छु होला, ६ महिनाजति बसेर राम रमाइलो गर्नुपर्ला,' कतै हराएझैं राजेशले भने ।

No comments: