News

Jun 5, 2008

जयन्ता प्रसाइ नेपाली वेभ पत्रकारिता पुरस्कार साहित्य मंचलाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गत जुन ३ तारिखका दिन अर्न्तराष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रिय कार्यलय अमेरिकाले जारी गरेको प्रेस विज्ञप्ति अनुसार यस बर्षो जयन्ता प्रसाइ नेपाली साहित्य वेभ पत्रकारिता पुरस्कार २००८
यस बर्ष अनलाइन नेपाली साहित्य मञ्चद्धारा संचालितwww.sahityaGhar.com का सम्पादक विश्वासदिप तिगेलालाई प्रदान गर्ने घोषणा गरेको छ ।आगामी जुलाई ३ मा अनेसासले अमेरिकामा आयोजना गर्ने कविता महोत्सवको अवसरमा सम्पादक तिगेलालाई नगद अमेरिकी डलर २ सय र प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको कुरा पुरस्कार छनौट समितिका अध्यक्ष सुमनराज तिमसिनाद्धारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । विश्वभर छरिएर रहेका डायस्पोरिक नेपाली स्रष्टाहरुलाई ध्यानमा राखि बिशेष प्रकारले डिजाइन तथा संचालन गरिएको यस वेभ पत्रिका २०६२ भाद्रबाट शुरु भएको हो । केही महिना अघि मात्र विश्व वेभ क्याम कविता प्रतियोगिता २००८ सम्पन्न गराएको यस वेभसाइटले विश्वभर आफ्नै परिचय कमाएको छ । यस साइट भित्र सम्पूर्ण नेपाली साहित्य राखिएको छ । पुरस्कृत अनलाइन नेपाली साहित्य मंच परिवारलाई हाम्रो पनि बधाई ।

No comments: