News

Jun 9, 2008

रत्न र हजुरआमा सरलालाई नारायणहिटी मै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्वराजा ज्ञानेन्द्रकी आमा रत्न र हजुरआमा सरलालाई सरकारले अर्को व्यवस्था नभइन्जेलका लागि नारायणहिटी दरबारमै बस्न दिने व्यवस्था गरेको छ।मन्त्रिपरिषद्को अँइतबार साँझ बसेको बैठकले रत्न र सरलाका निम्ति आवास नभएकाले सो निर्णयगरेको हो। तत्कालीन राजा महेन्द्रले बनाइदिएको महेन्द्र मन्जिलमा नै मर्ने रत्नले पटकपटक जिद्दी गरेपछि पूर्वराजा ज्ञानेन्द्रका तर्फाट पशुपतिभक्त महर्जनले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेटी जानकारी गराएका थिए। रत्न महेन्द्र मन्जिल र सरला बर्म्बई घरमा बस्दै आएका छन्।सरकारले डोटेल समितिले दिएको प्रतिवेदनकै आधारमा सुरक्षाकर्मी खटाउने निर्णय पनि गरेको छ।

No comments: