News

Jun 6, 2008

निर्वाचन क्षेत्रबाट राजीनामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गत चैत २८ गते सम्पन्न संविधानसभा निर्वाचनमा २ स्थानबाट निर्वाचितमध्ये कांग्रेस नेता शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र सोही पार्टी नेता देव गुरुङले एक एक स्थानबाट राजीनामा दिनुभएको छ। दुइ स्थानबाट निर्वाचितले एक स्थानबाट राजीनामा गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार देउवाले कञ्चनपुर ४ बाट, प्रचण्डले रोल्पा २ बाट र देव गुरुङले मनाङबाट राजीनामा दिनुभएको छ। तीनै जनाले संविधानसभा अध्यक्ष कुलबहादुर गुरुङसमक्ष राजीनामा दिनुभएको थियो। दुइ स्थानबाट निर्वाचितमध्ये मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव र विजयकुमार गच्छदारले भने राजीनामा दिनुभएको छैन।निर्वाचन आयोगले संविधानसभा निर्वाचनबाट निर्वाचित पदाधिकारीहरूको नाम आधिकारिक रूपमा र्सार्वजनिक गरेको दिन वैशाख २६ गतेदेखि एक महिनाभित्र राजीनामा गर्नका लागि निर्देशन दिएको थियो।

No comments: