News

Jun 8, 2008

विदेशीले धर्मपुत्र-धर्मपुत्रीको रूपमा ग्रहण गर्नेसम्बन्धी परिवर्तन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले नेपाली बालबालिकालाई विदेशीले धर्मपुत्र-धर्मपुत्रीको रूपमा ग्रहण गर्नेसम्बन्धी मौजुदा व्यवस्थामा परिवर्तन गरी सरकारद्वारा स्वीकृति प्राप्त निकायबाट आवश्यक प्रक्रिया पुर्याएर मात्र लिन सक्ने नयाँ व्यवस्था गरेको छ। कुनै पनि विदेशी नागरिकले उनको मुलुकको सूचीकृत संस्था, एजेन्सी वा नेपालस्थित उनको देशको राजदूतावासमार्फ मात्र अब नेपाली बालबालिकालाई धर्मपुत्रपुत्री ग्रहण गर्न सक्ने भएका छन्।सरकारलाई नेपाली बालबालिका धर्मपुत्रपुत्रीको रूपमा विदेशीले ग्रहण गरेको आधिकारिक जानकारी नहुने र विदेश पठाइसकेकाहरूको अवस्था पनि अज्ञात रहने समस्या भएका कारण त्यसमा सुधार गर्न भन्दै महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले तत्काल कार्यान्वयनमा ल्याउने गरी राजपत्रमै सूचना जारी गरी नयाँ व्यवस्था अघि सारेको हो। नेपाली बालबालिका विदेशी नागरिकलाई धर्मपुत्र-धर्मपुत्री ग्रहण गर्न दिने र्सत तथा प्रक्रिया २०६५’ नाम दिइएको उक्त व्यवस्थाअनुसार विवाह भएको कम्तीमा चार वर्षपूरा भइसकेका दम्पती, ३५ वर्षउमेर पूरा भई ५५ वर्षउमेर पूरा नभएकी अविवाहित, विधवा, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी बसेकी विदेशी महिलालाई धर्मपुत्रपुत्री दिन सक्नेछ।त्यसै गरी नेपाली बालबालिका धर्मपुत्रपुत्री लिन चाहने विदेशी नागरिकले आफ्ना देशको सरकारले दिएको सहमतिपत्र, निवेदकको जन्मदर्ता प्रमाणपत्र, स्वास्थ्यसम्बन्धमा अनुमति प्राप्त चिकित्सकले दिएको प्रमाणपत्र र राहदानीको प्रतिलिपि नेपाल सरकारसमक्ष पेस गरिसकेपछि सोको अध्ययनको आधारमा उनलाई धर्मपुत्रपुत्री दिने नयाँ व्यवस्थामा उल्लेख छ।नेपाल सरकारले सूचीकृत गरेका बाल कल्याणगृह, अनाथालय वा बालमन्दिरले मात्र धर्मपुत्रपुत्री दिन पाउने व्यवस्था गरेको महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव पुण्यप्रसाद न्यौपानेले नेपाल समाचारपत्रलाई बताउनुभयो। अब चाँडै नै मन्त्रालयले स्वदेशी तथा विदेशी संस्था वा एजेन्सीको सूचीकरण गर्ने कार्य गर्नेछ’ -उहाँले भन्नुभयो।सचिव न्यौपानेका अनुसार त्यस्ता संघसंस्थाहरूले मन्त्रालयसमक्ष आफ्ना बालगृहहरूको नवीकरणसम्बन्धी कागजात, भौतिक सम्पत्तिको विवरण, केन्द्रीय बालकल्याण समितिको सिफारिसपत्रसहित पेस गरेको निवेदनको आधारमा छानबिन गरेपछि सूचीकरणमा पर्ने वा नपर्ने निर्णयगरिनेछ।

No comments: