News

Jun 5, 2008

राष्ट्रपति स्वतन्त्र ब्यक्तिलाई स्विकार गर्ने माओवादीले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री र राष्ट्रपति दुवै पद आफैले पाउनुपर्ने अडान राखिरहेको माओवादीको केन्द्रीय सचिवालय बैठकले सहमतिका निम्ति कुनै गैरराजनीतिक र सम्मानित ब्यक्तिलाई राष्ट्रपति स्विकार्न सक्ने निर्णय गरेको छ । माओवादी केन्द्रीय सचिवालय बैठकले राष्ट्रपति माओवादीलाई दिन अन्य दल सहमत नभए गैर राजनीतिक तथा सम्मानित ब्यक्तिलाई राष्ट्रपतिमा स्विकार गर्न सकिने निर्णय गरेको छ । जेठ २३ गते राजधानीमा भएको सचिवालय बैठकले गरेको यो निर्णय जेठ २६ गते हुने माओवादी केन्द्रीय समितिको बैठकले अनुमोदन गर्ने तथा पूर्णता दिने पनि श्रोतले बतायो । राष्ट्रपति स्वतन्त्र ब्यक्तिलाई स्विकार गरेपछि प्रधानमन्त्री पार्टी अध्यक्ष प्रचण्ड नै बन्ने वा अन्य नेता बन्नेबारे पनि २६ गते हुने केन्द्रीय समिति बैठकले निर्णय गर्ने श्रोतले उल्लेख गर्‍यो ।

No comments: