News

Jun 8, 2008

नेतृत्वले लिदै आएको अडानलाई समर्थन गरेको छ माओवादीले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी केन्द्रीय समितिको बैठकले पार्टी नेतृत्वले लिदै आएको अडानलाई समर्थन गरेको माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले जानकारी दिए। पार्टी नेतृत्वले लिदै आएको अडानलाई समर्थन जनाउदै माओवादी केन्द्रीय समितिको बैठक समाप्त भएको छ । जेठ २६ गते बिहानदेखि राजधानी, ठमेलको होटल गार्डेनमा भएको बैठकले मुलुकको राष्ट्रपतिमा पार्टी नेताको साटो साझा ब्यक्तित्व हुनुपर्ने, शक्ति बाँडफाँड, शान्ति सम्झौता कार्यन्वयन र संविधान संशोधन बिबादलाई प्याकेजमा समाधान गर्नुपर्ने पार्टीको अडानलाई पुनर्पुष्टि गरेको माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले बताए । दुई वर्ष सरकार नगिराउने राजनीतिक प्रतिबद्धता अन्य दलबाट आए बिधायिकाको सामान्य बहुमतबाट सरकार बनाउन र हटाउन सकिने प्रावधान अन्तरिम संविधानमा राख्न सकिने नेतृत्वको अडानलाई पनि बैठकले समर्थन गरेको उनले उल्लेख गरे । राष्ट्रपति साझा ब्यक्तित्वलाई बनाउने निर्णय भएपछि प्रधानमन्त्रीमा कसलाई पठाउनेबारे बैठकले नयाँ निर्णय नगरेको श्रोतले जानकारी दियो । यसअघि माओवादी केन्द्रीय समिति बैठकले अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसकेकाले नयाँ निर्णय नहुनुले प्रचण्ड नै प्रधानमन्त्री बन्ने निश्चित भएको पनि श्रोतले बतायो ।

No comments: