News

Jun 6, 2008

ब्ल्याकमेलिङ गर्दै पटकपटक यौनशोषण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
शिक्षकका नाममा कलंकित एक व्यक्तिले आफ्नै छात्रालाई धम्की दिई नांगो फोटो खिचेर ब्ल्याकमेलिङ गर्दै पटकपटक यौनशोषण गरेको खुलासा भएको छ ।प्राप्त समाचारअनुसार बाँकेको ढकेरीस्थित गणेश माविका नरपशु शिक्षक जीवछप्रसाद यादवले तीन वर्ष अघि ९ कक्षाकी १४ वर्षीय किशोरीसँग शारीरिक सम्बन्ध राख्नुका साथै किशोरीको नांगो फोटो खिचेका थिए । त्यसपछि नरपशु यादवले किशोरीलाई त्यहीँ नांगो फोटो र्सार्वजनिक गरिदिन्छु भन्दै तीन वर्षम्म यौनशोषण गरेको पीडित किशोरीले बताएकी छिन् ।
फोटो र नेगेटिभ दुवै दिन्छु भन्दै पटकपटक शिक्षकले यौनशोषण गरी मोबाइलबाट समेत फोटो खिची अब कसैसँग विवाह नगर्न र आफूले भनेको समयमा आई सर्म्पर्क राख्न धक्की दिएपछि अब अति भो भन्दै पीडित किशोरीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । उजुरीपश्चात् प्रहरीले नरपशु यादवलाई पक्राउ गरी हिरासतमा राखेको छ । हिरासतमा रहेका यादवले आफूले छात्रा किशोरीमाथि यौनशोषण गरेको स्वीकारेको प्रहरीले जनाएको छ

No comments: