News

Jun 3, 2008

पूर्वराजा ज्ञानेन्द्रको लागि दरबारभित्रबाटै भवनको खोजी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
निजी भवन अभावका कारण देखाई पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छाड्न ढिलाइ गरेपछि दरबारभित्रबाटै भवनको खोजी हुन थालेको छ। संविधानसभाको पहिलो बैठकबाट गणतन्त्रको घोषणापछि जेठ १५ गतेदेखि भवन खोजी गर्न थाले पनि हालसम्म उपयुक्त भवन भेट्टाउन नसकिएको बताइएको छ। केही दिनअघि दरबारका कर्मचारीले नयाँ बानेश्वरमा घर किन्न खोजेका थिए’, दरबारस्रँतले भन्यो- उक्त घर सुरक्षाको दृष्टिले उपयुक्त नभएपछि रोकिएको थियो।’नयाँ बानेश्वरस्थित डाबर नेपालको कार्यालयनजिक रहेको सो घर अन्य घरभन्दा होचो भएका कारण नकिनेको बुझिएको छ।केही समयका निम्ति सरकारसँग आवास माग गरेका राजाले नयाँ घर निर्माणका लागि दुइ स्थानमा जग्गा हेरेको बताइएको छ।काठमाडौंको बूढानीलकण्ठस्थित बासिकोट र दहचोकस्थित भक्कु भैरव मन्दिरनजिक रहेको जग्गामध्ये एक स्थानमा दरबारले नयाँ घर बनाउने भएको छ’ -स्रोतले भन्यो। बूढानीलकण्ठमा कम जग्गा भएपछि दहचोकमा बनाउने प्रबल सम्भावना रहेको स्रोतले दाबी गर्यो।

No comments: