News

Jun 3, 2008

संविधानसभाको निर्णयवरुद्ध सर्वोच्च अदालतमा रिट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभाको पहिलो बैठकद्वारा गरिएका विभिन्न निर्णयसंविधानविपरीत भएको दाबी गरी सोमबार सर्वोच्च अदालतमा एक रिट निवेदन दायर गरिएको छ। नेपाली जनता दलका महासचिव रामकुमार ओझाद्वारा दायर गरिएको रिट निवेदनमा मन्त्रिपरिषद्द्वारा २६ जना मनोनयन नगरी गरिएको संविधानसभाको निर्णय नेपालको अन्तरिम संविधान, २०६३ विपरीत भएको दाबी गरिएको छ।रिट निवेदनमा संविधानमा तीन प्रकारबाट संविधानसभा सदस्य चुनिने प्रँवधान रहेको भए पनि मन्त्रिपरिषद्बाट मनोनयन गरिने एकथरी प्रणालीलाई नै उपेक्षा गरी संविधानसभाले विभिन्न निर्णयगरेको उल्लेख गरिएको छ।रिट निवेदनमा उल्लेख छ- ँऐन, कानुन र संविधानको परिपालना नगरी केवल राजनीतिक सहमतिको नाममा जथाभावी गर्दै जाने हो भने भोलिका दिनमा अर्को निरंकुश शासन व्यवस्था हाबी नहोला भन्न सकिन्न।’ २६ जना मनोनयन नभई संविधानसभाको बैठकबाट भएका निर्णयर घोषणा कार्यान्वयन नगर्नु/नगराउनु भनी रिट निवेदनमा अन्तरिम आदेशको पनि माग गरिएको छ।कन्टेनरमा आएका कार्की गुपचुप दोहातर्फकतार एयरवेजको कन्टेनरबाट नेपाल आइपुगेका नयाँ बानेश्वरका गोविन्द कार्कीलाई सो एयरवेजले सोमबार कतारको दोहा नै लगेको छ।प्रवेशाज्ञा, टिकट र राहदानीबिना कन्टेनरमा थुनिएर नेपाल आएका कार्कीलाई एयरवेजले कसैले थाहा नपाउने गरी कतार लगेको हो। एयरवेजको लापरबाहीका कारण झन्डै १० घन्टा कन्टेनरमा थुनिएका कार्की काठमाडौं आएपछि मात्रै कन्टेरभित्र बेहोस अवस्थामा फेला परेका थिए।एयरवेजले घटनालाई गुपचुप राख्न खोजेको भए पनि सो सम्बन्धी समाचार विभिन्न समाचारमाध्यममा आएको थियो।

No comments: