News

Jun 5, 2008

एसएलसी परीक्षाको परीक्षाफल असारको दोस्रो साता प्रकाशित गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
यस वर्षसञ्चालित एसएलसी परीक्षाको परीक्षाफल असारको दोस्रो साता प्रकाशित गरिने भएको छ। परीक्षा नियन्त्रक हर्कप्रसाद श्रेष्ठले तोकिएको मितिमा परीक्षाफल प्रकाशित गर्न कार्यालयले काम गरिरहेको बताउनुभयो। पनिकाले बुधबारदेखि नम्बर इन्ट्री गर्ने काम प्रारम्भ गरेको छ भने देशभरका उत्तरपुस्तिका केन्द्रमा ल्याइसकेको जनाएको छ।यस वर्षो एसएलसी परीक्षाका करिब पौने ४ लाख परीक्षार्थी सम्मिलित थिए।

No comments: