News

Jun 8, 2008

पूर्वराजाद्वारा डेढ सय कर्मचारी माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नारायणहिटी दरबार छाड्नुअघि पूर्वराजा ज्ञानेन्द्रले सरकारसँग आफना निजी कार्यालय र घरका लागि भनी १ सय ५१ जना कर्मचारी माग गरेका छन्।दैनिक कार्य सञ्चालन र घर चलाउनका लागि भनी दरबारका उच्च अधिकारीमार्फ राजाले कर्मचारी माग गरेका हुन्। पूर्वराजा ज्ञानेन्द्रले अर्दली, ढोके, पाले, भान्छे, गोठाला, नानी, बज्यै र कार्यालयमा काम गर्ने गरी ती कर्मचारी माग गरेका हुन्’ -स्रोतले नेपाल समाचारपत्रसँग भन्यो। पूवराजाले माग गरेका कर्मचारीको विषयमा सरकारमा जानकारी गराइसकिएको तर सरकारले कुनै पनि कर्मचारी दिन नसक्ने जनाएको स्रोतले बतायो।आवासको व्यवस्था गरेका छौं, सामान्य नागरिकलाई किन कर्मचारी दिने’ -सरकारले दरबारमा पठाएको जबाफमा यस्तो भनिएको थियो।सरकारले कर्मचारीको व्यवस्था नगरेपछि पूर्वराजा ज्ञानेन्द्र स्वयम्ले आधा दर्जन उच्च र करिब डेढ दर्जन तल्लो तहका कर्मचारी राख्ने तयारी गरेको स्रोतले बतायो।सरकारले अवकाश दिएका पूर्वराजाका आजीवन प्रमुख पदाधिकारी शारदाप्रसाद प्रधान, मुख्य सचिव पशुपतिभक्त महर्जन, कार्यालय सचिव मधुसूदन तिमल्सिना, मूल पुरोहित शेखर पण्डित र निजी सचिव सागर तिमल्सिनालाई पूर्वराजाले नै जागिर दिलाई राख्नेछन्’ -स्रोतले भन्यो। अन्य कर्मचारीहरू पनि अवकाशप्राप्तबाटै छानिनेछन्।मुमा रत्न र जिजुमुमा सरलाका कारण दरबार छाड्न नसकेका पूवराजा ज्ञानेन्द्रले साइत हेनका निम्ति शुक्रबार कर्मचारी खटाएका थिए।पदाधिकारी कार्यालयका सचिव मधुसूदन तिमल्सिनालाई खटाइएको सो कार्यमा चार ज्योतिष संलग्न थिए। तिमल्सिनाको गौरीघाटस्थित निवासमा चौथो पटक हेरिएको साइतअनुसार भोलि जेठ २७ र २९ गते तोकिएको छ।सरकारले दिएको १५ दिनको अल्टिमेटमभित्रै पूवराजा ज्ञानेन्द्रले दरबार छाड्नेछन्’, स्रोतले भन्यो- तर मुमा रत्न र जिजुमुमा सरलाले पारिवारिक कारण दरबार छाड्न नसकेका हुन्।’यसैबीच सरकारद्वारा गठित लगत संकलन समितिले पूर्वराजा ज्ञानेन्द्रको निजी तर सरकारको रेकर्डमा रहेको सामग्रीको लगत संकलन गर्न सकेको छैन। दरबारका कर्मचारीको असहयोगका कारण लगत संकलन गर्न कठिन परेको समितिले जनाएको छ।ती कर्मचारीका कारण संग्रहालयमा राखिने भनिएको श्रीपेच र राजदण्ड समितिले पाउन सकेको छैन।

No comments: