News

Aug 1, 2010

सौर्य ऊर्जाबाट चल्ने विमानले नयाँ विश्व रेकर्ड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सौर्य ऊर्जाबाट चल्ने चालकरहित एउटा विमानले लगातार दुई साता उडान भरेर नयाँ विश्व रेकर्ड कायम गरेको छ । जिफायर नामको विमानले अमेरिकाको एरिजोना सैन्य अड्डाबाट जुलाई ९ मा परीक्षणका रूपमा दुई सातासम्म उडान भरेको थियो । दुई साता आकाशमा उडान भरेपछि यो विमान बनाउने बेलायती कम्पनी क्राइनेटिकले फैसला गरेको छ कि उसको उद्देश्य पूरा भएको छ र २३ जुलाईमा विमानलाई जमिनमा उतारिएको छ । यो पूरा योजनालाई सफल बनाउने प्रोजेक्ट म्यानेजर जोन साल्टमार्सले भनेका छन्, 'हामी यो प्रदर्शनबाट निकै उत्साहित भएका छौँ । यो कैयौँ वर्षको मिहिनेतको प्रतिफल हो । यसमा कैयाँै वैज्ञानिक र इन्जिनियरले भाग लिएका छन् ।' जिफायरलाई ६० हजार फिट माथि उडाइएको थियो । सूर्यको कडा तेजका कारण यसको सिलिकन सौर्य प्यानलयुक्त लिथियम ब्याट्री चार्ज भयो र यसका दुवै प्रोपेलर चलिरहे । रातको समयमा यसको उचाइमा केही कमी आएको थियो । तर, यसको ब्याट्रीमा यति ऊर्जा थियो कि यो उडिरह्यो । तर, सर्त यो छ कि विश्व स्पोर्टस फेडेरसनका प्रतिनिध यसपटक सन्तुष्ट हुनु आवश्यक छ । फेडेरसनले सबै नियमको पालना गरे/नगरेको जाँच गरिने जनाएको छ ।

No comments: