News

Aug 1, 2010

वेश्यावृत्तिमा संलग्नहरुलाई सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बाँके प्रहरीले वेश्यावृत्तिविरुद्ध सक्रियता देखाउँदै अपरेसन थालेको छ। त्यसक्रममा नेपालगन्जका विभिन्न तीन दर्जनभन्दा बढी होटलमा छापा मारेर वेश्यावृत्तिमा संलग्न रहेको आशंकामा प्रहरीले १४ युवती र १७ युवकलाई नियन्त्रणमा लिएको छ। शनिबार बिदाको दिन पारेर दिउँसै नेपालगन्जका विभिन्न होटलमा कोठाबाट उनीहरुलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिई छानबिन शुरु गरिएको बाँकेका प्रहरी उपरीक्षक महेशविक्रम शाहले जानकारी दिनुभयो।उहाँले अपरेसन जारी राख्ने भन्दै वेश्यावृत्तिमा संलग्नहरुलाई सार्वजनिक अपराधसम्बन्धी कानुनअनुसार कारबाही गरिने बताउनुभयो। नेपालगन्जमा वेश्यावृत्ति बढेको भन्दै पछिल्ला दिनमा प्रहरीमाथि सामाजिक दबाब बढेको थियो।

No comments: