News

Sep 26, 2010

जापान सरकारसँग माफी माग्न र क्षतिपूर्ति भने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेइजिङ/ चीनले आपना नागरिकलाई जापानले रिहा गरेलगत्तै जापान सरकारसँग माफी माग्न र क्षतिपूर्ति दिन भनेको छ । माछा मार्ने डुंगाका क्याप्टेन झान किस्योङलाई दुई महिनासम्म ओकिनावाको जेलमा थुनिएको थियो । झान किस्योङले पूर्वी चीन सागरस्थित विवादित टापुनजिकै जापानी गस्ती डुंगामा आफ्ना डुंगा ठोकेका थिए । वर्षौंदेखि चिसिएको दुई देशको सम्बन्धमा यस घटनाले नराम्रो असर पर्नेगरी उग्ररूप लिएको थियो । झानको रिहाइपछि चीनले ती द्वीपमाथिको आप\mनो सम्प्रभुताको पुनः दाबी गरेको छ ।
शुक्रबार साँझपख झान ओकिनावाबाट चीन सरकारले चार्टर गरी पठाएको विशेष विमानबाट स्वदेश फर्केका थिए । चीनले केही जापानीलाई सैनिक इलाकामा गैरकानुनी किसिमले फोटो खिचेको आशंकामा बन्दी बनाएपछि झानको रिहाइको बाटो फराकिलो भएको थियो । फुझियन प्रान्तको फुझाउ विमानस्थलमा अवतरण गरेपछि झानले आफूलाई रिहा गर्न गरिएको प्रयासका लागि आफू धन्य रहेको बताउँदै आफू निर्दोष रहेको दाबी पनि गरेका थिए । 'दायोयुताई द्वीपहरू चीनका हुन् । म त्यहाँ माछा मार्न गएको थिएँ र त्यो कानुनी नै थियो, जसले मलाई समाते तिनीहरूले गैरकानुनी काम गरे,' झानले भने, 'मेरोबारेमा चिन्ता देखाउने मेरो देश, चिनियाँ जनता र पार्टीप्रति म धन्य रहनेछु ।'
'यस घटनाले चीनको सार्वभौमिकता र चिनियाँ नागरिकको मानवअधिकारको गम्भीर उल्लंघन भएको छ । चीन दृढतापूर्वक यसको विरोध गर्दछ,' चिनियाँ विदेश मन्त्रालयको प्रेस विज्ञप्तिमा भनिएको छ ।उता जापानमा अभियोक्ताहरूले दुई देशबीच फाटो बढ्दै गएकाले झानको रिहाइ गर्नुपरेको बताएका छन् । उनीहरूले गस्ती डुंगाहरूलाई क्षति पुर्‍याउने कुनै पूर्वनियत नदेखिएकाले थप अनुसन्धान गर्न उनलाई हिरासतमा राख्नु उचित नभएको र चीन-जापानको सम्बन्धमा पर्ने असरलाई दृष्टिगत गरी मुक्त गरिएको बताए । जापानी प्रधानमन्त्री नाओतो कानले चीनसँग पारस्परिक लाभको सिद्धान्तमा आधारित सम्बन्धका लागि यस्तो निर्णय गरिएको बताए । चिनियाँ क्याप्टेनलाई बन्दी बनाएपछि दुर्य देशबीच तनाब बढेको छ । मन्त्रीस्तरीय सम्पर्कविच्छेद हुनुका साथै हजारौँ चिनियाँ पर्यटक जापानबाट फिर्ता गरिएका छन् । चिनियाँ आयोजकले सांघाईमा हुने भनिएको जापानको एक टप व्याय ब्यान्ड स्म्यापको सांगीतिक प्रस्तुति पनि रद्द गरेका छन् ।

No comments: