News

Sep 19, 2010

हड्ताल गर्ने/नगर्ने विषयमा मतदान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विराटनगर, आश्विन ३ - साल्टट्रिङ कर्पोरेशनको विराटनगर कार्यालयका मजदुर-कर्मचारीले आफ्ना १९ सुत्रीय माग पुरा गराउन हड्ताल गर्ने/नगर्ने विषयमा आइतवार आपसमा मतदान गरेका छन् । व्यवस्थापनलाई दबाब दिन हड्तालमा जाने वा नजाने विषयमा आपसमा निर्णय बाझिने अवस्था भएपछि उनीहरुले प्रहरी सुरक्षा लिएर मतदानको प्रक्रिया अपनाएका हुन् । ६२ जना कामदार-मजदुर रहेको कर्पोरेशनमा ५९ जनाले हड्तालको पक्षमा मतदान गरे भने विपक्षमा दुई मतमात्र परेको छ । खसेकामध्ये दुई मत बदर भएको निर्वाचन अधिकृत गोविन्द गुराँगाईले बताए । मागहरु पुरा गराउने सम्बन्धमा मतदान श्रम ऐन २०४८ ले दिएको सुविधा हो ।
कर्पोरेशनका कामदारले श्रम ऐनअनुसारको नियुक्ति र सुविधा पाउनुपर्ने भन्दै १९ सूत्रीय माग राखेर लामो समयदेखि संघर्षका कार्यक्रम गर्दै आएका छन् । अनुदार व्यवस्थापनका कारण हड्तालमा जाने निर्णय गरिएको मजदुरहरुले बताएका छन् । मजदुर यूनियन अध्यक्ष प्रमिला शर्मा भन्छिन् 'अब हड्तालको बाटो खुला भयो । व्यवस्थापनलाई ३० दिनको अल्टिमेटम दिएका छौ ।' उक्त अवधिभित्र सुनुवाइ नभए कातिक पहिलो सातादेखि हड्ताल थाल्ने उनले बताइन ।
साल्ट टे्रडिङ कर्पोरेशनको विराटनगर कार्यालयले नुनमा आयोडिन मिसाएर प्याकिङ गरि बजार पठाउने गरेको छ । कोलकाता बन्दरगाह हुँदै ल्याइने नुन प्रशोधन र आयोडिन मिश्रणका लागि जापानको सहयोगमा क्षेत्रीय कार्यालय परिसरमा प्रविधियुक्त गोदाम छ ।

No comments: