News

Sep 27, 2010

नोबेल विजेता सोयिन्काले खोले नयाँ पार्टी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लागोस/ साहित्यमा १९८६ नोबेल पुरस्कार विजेता नाइजेरियाका वोल सोयिन्काले राष्ट्रपति निर्वाचनभन्दा केही महिनाअघि एक नयाँ राजनीतिक पार्टी खोलेका छन् । लागोसमा आयोजित एक विशेष समारोहमा उनी डेमोक्रेटिक फ्रन्ट फर ए पिपुल्स फेडेरेसनका सभापति निर्वाचित भएका थिए । यस नयाँ राजनीतिक दलले नाइजेरियामा भ्रष्टाचारसँग जुध्ने तथा स्वास्थ्य र शिक्षामा सुधार गर्ने लक्ष्य राखेको छ । वोले सोयिन्काका कविता र नाटकका पुस्तकले विश्वव्यापी चर्चा पाएका छन्, तर सँगसँगै उनी राजनीतिकर्मीका रूपमा पनि उत्तिकै परिचित छन् । १९७२ मा प्रकाशित उनको पुस्तक 'द म्यान डाइड'मा उनी नाइजेरियाली गृहयुद्ध (१९६७-७०) का वेलाको उनको जेलजीवनबारे प्रकाश पारिएको छ ।साहित्यमा नोबेल पुरस्कार पाउने उनी प्रथम अपिकी लेखक हुन् । नाइजेरियामा अर्को वर्ष प्रान्तीय, राष्ट्रपतीय तथा संसदीय निर्वाचन हुदै छ, तर सोयिन्काले ती निर्वाचनमा उम्मेदवारी दिने वा नदिनेबारे भने स्पष्ट भइसकेको छैन ।

No comments: