News

Sep 30, 2010

अयोध्याको विवादास्पद जग्गा तीन भागमा बाँडियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन १४ - भारतको अलाहवाद उच्च न्यायालयले अयोध्याको विवादास्पद जग्गा तीन भाग बाँडेको छ । तर अदालतले उक्त स्थानबाट रामको मूर्ति नहटाउन आदेश दिएको छ । तीन न्यायाधीशको बेन्चले बिहीबार विवादास्पद जग्गा हिन्दू महासभा, निर्मोही अखडा र सुन्नि सेन्ट्रल बोर्डका स्वामित्वमा बाँडेको छ । भारतीय मिडियाहरुले अदालतको निर्णयलाई सन्तुलित भनी टिप्पणी गरेका छन् । साठी वर्ष पुरानो बाबरी मस्जिद विवाद विहीबार अलाहवाद उच्च न्यायालयले फैसला गर्ने भएपछि हिंसा भड्कने सम्भावनालाई ध्यानमा राखेर भारत सरकारले अयोध्या सहर वरपर दुई लाख सुरक्षाकर्मी तैनाथ गरेको छ । सुरक्षाका लागि हेलिकप्टरसमेत तैनाथ गरिएका छन् ।
मस्जिद क्षेत्र भगवान रामको जन्म थलो भएकाले रामको मन्दिर निर्माण हुनु पर्ने दाबी हिन्दूहरुले गर्दै आएका छन् । यस विषयमा विवाद हुँदा केही हिन्दु अतिवादीहरुले सन् १९९२ मा मस्जिदमाथि आक्रमण गरेका थिए । आक्रमणपछि हिन्दु र मुस्लिमबीच हिंसा भडकिदा २ हजार मानिसको मृत्यु भएको थियो । जसमा सबभन्दा बढी मुस्लिमको मृत्यु भएको थियो ।

No comments: