News

Sep 24, 2010

१६ दलले माओवादी र एमालेको सहमति आधार पेश गर्न आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन ८,संविधान सभामा प्रतिनिधित्व गर्ने साना १६ दलले माओवादी र एमालेको सहमति सकारात्मक भएको उल्लेख गर्दै शान्ति प्रक्रिया टु्रगोमा पुग्ने र बाँकी आठ महिना भित्र संविधान निर्माणको सुनिश्चिताको स्पष्ट आधार पेश गर्न आग्रह गरेका छन् । दुई दलको पहलमा शुक्रबार सिंहदरदबार भएको छलफलमा साना दलले शान्ति र संविधानको स्पष्ट आधार पेश नहुन्जेल सहमति बन्न नसक्ने भएको सहमतिको खाका बाहिर ल्याउन सुझाव दिएका हुन् । दुई दलले आमन्त्रण गरे पनि काग्रेस र मधेसी मोर्चाका चार दल भने बैठकमा सहभागी भएनन् । सहमतिको स्पष्ट आधार तयार भए काग्रेसपनि त्यसमा सहमत हुन सक्ने धारणा साना दलका नेताहरुले राखेका थिए ।
सातौ चरणको चुनावबाट पनि प्रधानमन्त्री चयन हुन नसकेपछि माओवादी र एमालेले जारी प्रक्रियाबाट बाहिर निस्केर नयाँ प्रक्रियामा जाने सहमति गरेका थिए । त्यसका लागि दुई दलले सभामुख सुवास नेम्वाङलाई बिहीबार जारी निर्वाचनमा भाग नलिने लिखित अनुरोध समेत गरेका थिए । बहुमत सदस्य सहभागी नहुने निर्वाचनको गराउनुको औचित्य नहुने उल्लेख गरेका थिए । दुई दलले आफ्नो पहलमा अन्य दललाई पनि सहमति गर्ने प्रयास स्वरुप शुक्रबार बैठक आयोजना गरेका थिए ।

No comments: