News

Sep 19, 2010

विरोध र भव्य स्वागतबीच पोप बेलायतमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लन्डन/ रोमन क्याथोलिक चर्चमाथि गर्भपतन, बालबालिकामाथि यौन दुराचारजस्ता आरोप लागेका वेला विश्व क्याथोलिकका सर्वोच्च धर्मगुरु पोप बेनेडिक्ट १६औँले संयुक्त अधिराज्य बेलायतको भ्रमण गरी त्यहाँका महारानी तथा प्रधानमन्त्रीसँग भेटघाट गरेका छन् । आफ्नो चारदिने राजकीय भ्रमणमा बेलायत पुगेका पोपले प्रधानमन्त्री ड्याभिड क्यामेरुन, उपप्रधानमन्त्री निक क्लेग तथा लेबोर पार्टीका कार्यवाहक प्रमुख हसयारिट हर्मनसँग भेट गरे । पोप वेस्टमिन्स्टर क्याथेड्रल चर्च तथा दक्षिण लन्डनस्थित एक वृद्धाश्रममा पनि पुगे । उनको भ्रमणको विरोधीहरूले मध्यलन्डनमा विरोध प्रदर्शन गरेका थिए ।
बेलायतमा पोपका प्रतिनिधिको निवास रहेको विम्बलडनस्थित एपोस्तोलिक नन्सिएचरबाट बाहिरिँदा उनका अनुयायीको भीड खुसीले चिच्याएको थियो । एकजनाले 'पापा हामी तपाइर्ंलाई माया गर्छों,' भनी लेखेको ब्यानर देखाइरहेको थियो । पोपको भ्रमणमा सुरक्षा निकै कडा बनाइए पनि उनीमाथि आक्रमण गर्ने धम्की दिएका भनिएका ६ जनालाई पक्राउ गरिएको छ । उनीहरूलाई शुक्रबारदेखि हिरासतमै राखिएको छ । उनीहरू सबैजना सडक सफाई गर्ने वियोलिया वातावरणीय सेवा नामक कम्पनीका कामदार हुन् र कम्पनीका तर्फबाट वेस्टमिन्स्टर काउन्सिलमा सेवारत छन् ।

No comments: