News

Sep 16, 2010

माइकल ज्याक्सनकी आमाले मुद्दा हालिन्

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लस एन्जलस- दिवंगत पप स्टार माइकल ज्याक्सनकी आमाले आफ्ना छोरालाई उचित स्वास्थ्य हेरचाह नगरेको आरोप लगाउँदै कन्सर्ट आयोजक एइजीमाथि कानुनी कारबाही थालेकी छिन्। क्याथरिन ज्याक्सनले एइजीले छोराका लागि जीवन बचाउने उपकरण र चिकित्सक उपलब्ध गराउन नसकेको आरोप लगाएकी छिन्। बीबीसीका अनुसार मृत्युअघि रिहर्सल गरिरहेका माइकल ज्याक्सनमाथि लन्डन कन्सर्ट सकाउन ठूलो दबाब परेको दावी आफ्नो मुद्दामा गरेकी छिन्। एइजीले यसबारे कुनै प्रतिक्रिया जनाइसकेको छैन। ज्याक्सनले बुधबार लस एन्जलसको सर्वोच्च अदालतमा क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेकी हुन्। क्षतिपूर्तिवापत दावी गरिएको रकम भने खुलेको छैन। रिटमा मृत्युको समयमा ज्याक्सनको उपचारसम्बन्धी सबै व्यवस्था एइजीले छानेर उसकै शुल्कमा उसकै नियन्त्रणमा रहेको चिकित्सकले गरिरहेको उल्लेख छ। यसअघि यही वर्षको सुरुमा ज्याक्सनका पिता जोले चिकित्सक डाक्टर मुरेमाथि व्यवसायिक लापरवाहीको आरोप लगाउँदै मुद्दा दायर गरिसकेका छन्।

No comments: