News

Sep 26, 2010

रामेछापमा मोबाइल सम्पर्कबाट विवाह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रामेछाप जिल्ला चुचुरे-४ की १७ वर्षीया शर्मिला कार्की र सिन्धुली जिल्ला वितिजोर-२ का २० वर्षीय कपिल हमालबीच मोबाइल सम्र्पकबाट विवाह भएको छ ।गाउँ गाउँमा रेडियोको पहुँच पुगेपछि ती रेडियोबाट सञ्चालन हुने साङ्गीतिक कार्यक्रममा मोबाइलमार्फत सहभागी भएका ती दुईबीचको सम्बन्ध विवाहमा परिणत भएको हो ।रामेछापको दुर्गम गाउँ चुचुरे र सिन्धुलीको दुर्गम गाउँ वितिजोरमा जन्मिएका उनीहरुको करिब दुई महिना अघिदेखि स्थानीय रेडियोहरुमा सञ्चालन हुने साङ्गीतिक कार्यक्रममा गीतको आदानप्रदान हुँदै आएको थियो । यसैबाट उनीहरु दुवै प्रभावित भए र मोबाइलबाट कुरा गरेको भरमा विवाह गर्न राजी भए ।दुईजनाको राजीखुसीपछि केटीले केटालाई दोलखाको चुचुरेसम्म आउन खबर गरेकी थिइन् । दुवै पक्षको सहमतिमा शुक्रबार राति दोलखाको जिरी बजारमा भेट भएको उनीहरुले बताएका छन् ।आफ्ना अभिभावकहरुको अनुमतिविना दोलखाको जिरीमा बास बसी भागेर आइतबार मन्थली आइपुगेका उनीहरुलाई आफन्तको उजुरीपछि जिल्ला प्रहरी कार्यालय मन्थलीले पक्राउ गरेको थियो ।प्रहरीसमक्ष उनीहरुले दुवै पक्षको सहमतिमा आफूहरु विवाह गर्न मन्जुर भएको जानकारी गराएपछि प्रहरीले दुवैजनालाई छाडेको छ ।

No comments: