News

Sep 19, 2010

उत्खननको प्रारम्भिक प्रतिवेदन आज सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जनकपुरधाम,राष्ट्रिय मानव अधिकार आयोगले सशस्त्र द्वन्द्वका समयमा जनकपुरका पाँच व्यक्तिलाई बेपत्ता पारी हत्या गरिएको सम्बन्धमा धनुषा जिल्लाको तल्लो गोदार गाविस-३ स्थित कमला नदीको किनारमा गरेको चिहान उत्खननको प्रारम्भिक प्रतिवेदन आज सार्वजनिक गरेको छ ।उक्त प्रतिवेदनमा पाँचवटा शव गाडिएको भनी आशङ्का गरिएको स्थानमा वैज्ञानिक विधिद्वारा मानव अवशेष खोज्ने क्रममा भदौ ३१ गतेसम्ममा चारवटा मानव अवशेष फेला परेको जनाइएको छ ।शङ्का गरिएको एकवटा मानव अवशेष हालसम्म पनि फेला नपरेको र उत्खनन गरिएकामध्ये तीनवटा मानव अवशेषमा टाउकोदेखि पैतालासम्मका मानव अवशेष फेला परेको र एकवटा मानव शरीरमा टाउकोको पूरा भाग नपाइएको पनि प्रतिवेदनमा उल्लेख छ ।आयोगका सदस्य एवम् प्रवक्ता गौरी प्रधानले फेला परेका चारवटै मानव शरीरका अवशेषलाई वैज्ञानिक पद्धतिअनुसार उत्खनन गरी मानव अवशेष एवम् प्रमाण बरामद गरिएको र उत्खननका क्रममा मानव अवशेषसँग सम्बन्धित रहने गरी केही शङ्कास्पद गोली र गोलीका खोकाहरुसमेत फेला परेका छन् भन्नुभयो । पीडित परिवारजनका अनुसार विसं २०६० असोज २१ गते जनकपुरको कटैया चौरीबाट सुरक्षाकर्मीले सञ्जीवकुमार कर्ण, दुर्गेश लाभ, जितेन्द्र झा, प्रमोदनारायण मण्डल र शैलेन्द्र यादवलाई पक्राउ गरी हत्या गरेको कमला नदी किनारमा गाडेका हुन् ।आयोगले भदौ २१ गतेदेखि शव गाडिएको भन्ने स्थानमा उत्खनन सुरु गरेको थियो ।

No comments: