News

Sep 18, 2010

कांग्रेस महाधिवेशनको तेस्रो दिन, बन्द सत्र शुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज १ गतेदेखि राजधानीमा जारी नेपाली कांग्रेसको १२ औ महाधिवेशनको आज तेस्रो दिन बन्दसत्र सुरु भएको छ । कार्यक्रमस्थल भृकुटीमण्डपमा बिहान ९ वजदेखि शुरु भएको बन्दसत्रको शुरुमा शनिबार प्रस्तुत नीति तथा कार्यक्रमका बाँकी रहेको खण्डहरु पेश भएको छ ।हिजोको बन्दसत्रमा नीति तथा कार्यक्रमका चार खण्ड मध्ये समसामयीक बिषयमा पार्टी नीति के हुने भन्ने राजनीतिक खण्ड पेश गरिएको थियो । आज नीति तथा कार्यक्रम अन्तर्गत आर्थिक, सामाजिक तथा साँगाठनिक कार्यदिशा सहितको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै सोही बिषयमा छलफल हुने प्रचार समितिका संयोजक कृष्ण सिटौलाले जानकारी दिनुभएको छ ।यसैबीच पदाधिकारी लगायतका सदस्यहरुमा हिजो मनोनायन गरेका उमेद्वारहरुले आफ्नो उम्द्वारी फिर्ता लिन चाहनेका लागि आज बिहान १० देखि १२ वजेभित्रको समय दिइएको छ ।उमेद्वारी फिर्ता लिने कार्यक्रम लगत्तै उमेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको निर्बाचन समितिले जनाएको छ ।

No comments: