News

Sep 25, 2010

समाचारले अदालतको शरणमा बेकह्याम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लस एन्जलस/ डेबिड बेकह्यामले यौनकर्मीसँग रात बिताएको समाचार प्रकाशित गर्ने एक अमेरिकी पत्रिकामाथि जर्मनीमा मुद्दा चल्ने भएको छ । बेकह्यामका प्रवक्ताले सो जानकारी गराएका हुन् ।इन टच म्यागजिन प्रकाशक जेफ रेमोन्डले पनि इंग्ल्यान्डका पूर्वकप्तानले पत्रिकाविरुद्ध मुद्दा दायर गरेको तथा शुक्रबारदेखि अदालती कारबाही सुरु हुने जानकारी दिए, तर उनले त्यसबाहेक थप जानकारी दिन चाहेनन् ।बेकह्यामको व्यवस्थापन कम्पनी १९ इन्टरटेन्मेन्टद्वारा जारी विज्ञप्तिमा साप्ताहिक रूपमा प्रकाशित हुने इन टच म्यागजिनमाथि यस्तो आरोप लगाइएको छ, 'पत्रिका प्रकाशित हुनुपूर्व नै सो समाचार पूर्ण रूपमा असत्य तथा वाहियात रहेको जानकारी गराइएको थियो ।''दुःखको कुरा हामी त्यही विश्वमा बस्छौँ, जहाँबाट सो झुटो पत्रिका प्रकाशित हुन्छ तथा हामीलाई विश्वास छ, झुट चाँडै बाहिर आउनेछ । हामीले पत्रिकाविरुद्ध कानुनी उपचार खोज्ने निर्णय गरेका छौँ ।'११ वर्षअघि पूर्वस्पाइस गर्ल भिक्टोरिया बेकह्यामसँग विवाह गरेका बेकह्यामका तीन छोरासमेत छन् ।सो पत्रिकाले आफूलाई यौनकर्मी बताउने २६ वर्षीया इर्मा निसीको भनाइका आधारमा बेकह्यामका बारेमा समाचार छापेको थियो । ती महिलाका अनुसार बेकह्याम २००७ मा पाँचपटक आफूसँग सुतेका थिए । साथै, ती महिलाले बेकह्यामले अर्की एक यौनकर्मीसँग पनि यौन सम्पर्क राखेको दाबी गरेकी छिन् ।इन टनको प्रकाशक बायर मिडियाको मुख्य कार्यालय ह्यामबर्गमा छ ।उता, पत्रिका पढेपछि भिक्टोरिया बेकह्यामले सो समाचार पूर्ण रूपमा असत्य भएको दाबी गरिन् । साथै, उनले निसीको एक शब्द पनि आफूलाई सत्य नलागेको बताइन् ।'भिक्टोरिया सतप्रतिशत डेबिडको समर्थनमा छिन् तथा यस्तो कुराले आपनो सफल वैवाहिक जीवनमा कुनै असर नपर्ने बताउँछिन्,' भिक्टोरियाकी नजिककी मित्रले भनिन् ।३५ वर्षीय बेकह्यामले सो समाचार प्रकाशित हुनुपूर्व नै ३६ वर्षीया पत्नीलाई आफूविरुद्ध समाचार प्रकाशित हुन लागेको जानकारी गराइसकेका थिए ।'समाचार छापिएपछि पनि भिक्टोरियाले डेबिडलाई त्यसबारे कुनै प्रश्न गरिनन्, समाचार पढेर उनीहरू हाँसे मात्रै अनि कानुनी उपचार खोज्ने विषयमा सल्लाह गरे,' ती मित्रले बताइन् ।साथै, समाचारबाट ती जोडीको दैनिक कार्य तथा व्यवसायमा कुनै असर नपरेको पनि उनले जानकारी दिइन् ।

No comments: