News

Sep 20, 2010

११२ वर्षीया वृद्धा मतदाता नामावलीमा नाम दर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
डडेल्धुरा, असोज ४– अमरगढी नगरपालिका–६ भजनपुरकी १ सय १२ वर्षीया वृद्धा पार्वती खड्काले विद्युतीय मतदाता नामावलीमा नाम दर्ता गराएकी छिन्। 'उनी सम्भवत् देशकै सबैभन्दा जेष्ठ मतदाता हुन्', जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका प्रमुख भक्तराज जोशीले भने- आइतबार औंठा छापसहितको विद्युतीय मतदाता नामावलीमा उनी दर्ता भएकी हुन्। 'उनको वि.स. १९५५ मा जन्म भएको नागरिकतामा उल्लेख छ', टोलीका दर्ता कर्मचारी सिद्धराज जैशीले भने- यसअघि पनि उनको मतदाता नामावलीमा नाम थियो। पार्वतीका नाति-पनातिमात्र होइन, ५ वर्षीय खनाती पनि छन्। बूढी बज्यै खाना खाने, नुहाउने सबै आफैं गर्नुहुन्छ- १८ वर्षीय पनाती निरज खड्काले भने। उनले आँखा पनि राम्रोसँग देखिरहेको निरजले बताए। उनी राम्ररी हिँड्न सक्ने अवस्था छिन्।पार्वती आफैं मतदाता नामावलीमा नाम लेखाउन केन्द्र पुगेकी थिइन्। जिल्ला निर्वाचन कार्यालयका प्रमुख भक्तराज जोशीले खड्का देशकै सबैभन्दा बढी उमेर भएकी मतदाता भएको दाबी गरेका छन्।

No comments: