News

Sep 24, 2010

अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी मनितालाई स्वर्ण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारतको भिसाखापत्नममा भइरहेको प्रथम इन्डिया खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी मनिता शाहीले स्वर्ण जितेकी छन् ।आज भएको खेलमा महिलाको ६२ केजीमुनिको उपाधि भिडन्तमा मनिताले भारतीय खेलाडीलाई ४-१ अंकको अन्तरले पराजित गरिन् ।त्यस्तै अन्य दुई महिला खेलाडीले पनि कास्य हात पारेका छन् । ४६ केजीमुनि यानकुमारी चौलागाईं तथा ५७ केजीमुनि सविना महर्जनले कांस्य जिते ।सेमिफाइनलमा दुवै भारतीय खेलाडीसंग पराजित हुन पुगे । प्रतियोगितामा नेपालबाट १३ खेलाडीको सहभागिता छ । एक पुरुष खेलाडीबाहेक सबै आसन्न १६औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् ।

No comments: