News

Sep 21, 2010

कांग्रेसको चुनाव सकियो, मतगणना ९ : ३० देखि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज ५,नेपाली कांग्रेस महाधिवेशनको पाँचौं दिन सभापतिसहित पार्टीको ६४ केन्द्रीय कार्यकारिणी पदाधिकारी तथा सदस्यका लागि चुनाव सम्पन्न भएको छ। निर्वाचनमा ३ हजार ३७ मत खसेको छ। निर्वाचन समितिका अनुसार पहिलो चरणमा सभापति पदको मतगणना मात्र हुनेछ। ८ बजेदेखि हुने भनिएको सभापति पदको मतगणना साढे नौ बजेदेखि मात्र थालिने भएको छ। खाना खाइसकेर मात्र मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ।सभापतिको चयनपछि मात्र पदाधिकारी र सदस्यहरुको मतगणना हुनेछ। सभापतिका तीन उम्मेद्वारमध्ये ५० प्रतिशत मत कटाउने एक जना कांग्रेसको सभापति निर्वाचित हुनेछन्। कसैले पनि ५० प्रतिशत नकटाए बढी मत प्राप्त गर्ने दुई उम्मेद्वारका लागि बुधबार चुनाव हुने निर्वाचन समितिका वासुदेव आचार्यले नागरिकन्युजलाई बताए। सभापति पदमा सुशील कोइराला, शेरबहादुर देउवा र भीमबहादुर तामाङबीच प्रतिस्पर्धा हुँदैछ।

No comments: