News

Sep 19, 2010

माओवादी र एमालेको संयुक्त सरकार बन्न सक्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन ३ - माओवादीले राष्ट्रिय सहमतिको सरकार बन्न नसके माओवादी र एमालेको संयुक्त सरकार बन्न सक्ने बताएको छ । आइतवार साना दलहरुसँगको छलफलका क्रममा आफ्नो जोड राष्ट्रिय सहमतिको सरकारमै रहेको उल्लेख गर्दै त्यो सम्भव नभए संयुक्त सरकार बन्न सक्ने अध्यक्ष पुष्पकमल दाहालले बताएका हुन् । 'माओवादी अध्यक्षले राष्ट्रिय सहमति बन्न नसके माओवादी-एमालेको गठबन्धन सरकार बन्ने बताएका छन्' नेपाल मजदूर किसान पार्टीका सुनिल प्रजापतिले संवाददाताहरुसँग भने ।
माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले त्यसलाई अस्वीकार गरेनन् । उनले आफ्नो पार्टीको पहिलो प्रयास राष्ट्रिय सहमतिको सरकार बनाउने नै हुने उल्लेख गर्दै हुनै नसके बिकल्प रहेको उल्लेख गरे ।
माओवादी र एमालेबीच शुक्रबार माओवादी अध्यक्ष दाहालले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिने र नयाँ प्रकृयाबाट अघि बढ्ने सहमति भएपछि माओवादीले साना दलहरुसँग पहिलो पटक छलफल गरेको हो ।
छलफलमा नेमकिपा, जनता दल, सद्भावना (आनन्दीदेवी), समाजवादी दल, जनमुक्ति पार्टीलगायतका दलहरु थिए ।

No comments: