News

Sep 29, 2010

सैनिक कल्याणकारी कोषमा २० अर्ब रुपियाँ पुँजी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज १३,नेपाली सेनाले सैनिक कल्याणकारी कोषमा २० अर्ब रुपियाँ पुँजी रहेको तथ्य सार्वजनिक गरेको छ। हाल कल्याणकारी कोषमा १६ अर्ब रकम मौज्जात रहेको र राष्ट्रसंघबाट सोधभर्नाबाफत् चार अर्ब आउन बाँकी रहेको सेनाले जनाएको छ। कोषको वार्षिक प्रतिवेदन सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सैनिक कल्याणकारी निर्देशक सहायकरथी पूर्णचन्द्र थापाले विभिन्न ६१ बैंक तथा वित्तीय संस्थाहरूमा राखिएको रकमबाट गत आर्थिक वर्षमा मात्र ९३ करोड व्याज आम्दानी भएको बताए। गत आर्थिक वर्षमा ८० करोड आम्दानी भएको थियो। ८-९ प्रतिशतसम्म व्याजदरमा रकम मौज्जात गरिएकोमा नयाँ प्रधानसेनापति छत्रमानसिंह गुरूङको निर्देशनपछि आकर्षक व्याजदर १२-१३ प्रतिशतसम्म भएको बैंकमा रकम स्थानान्तरण गर्दा गत वर्षको तुलनामा १३ करोड रकम बढी आम्दानी भएको थापाले बताए। 'पहिले मुद्दति निक्षेपमा रकम राख्ने गरिएको थियो, अहिले प्रतिष्पर्धात्मक एवम् आकर्षक व्याजदरमा सुरक्षित बैंकमा रकम राख्ने नीति लिइएको छ,' थापाले सञ्चारकर्मीसित भने, 'तर विदेशी मुद्रा तीन प्रतिशतमा तलमाथि भइरहेकोले अपेक्षा अनुरूप व्याज पाउन सकिएको छैन।'

No comments: