News

Sep 25, 2010

आठौं चरण मधेसी मोर्चाले तटस्थ बस्ने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आठौं चरणको प्रधानमन्त्रीको निर्वाचनमा पनि संयुक्त मधेसी मोर्चाले तटस्थ बस्ने निर्णय गरेको छ । आज मधेसी जनअधिकार फोरम लोकतान्त्रिक संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा मोर्चाले तटस्थ बस्ने निर्णय गरेको हो ।बैठकपछि मोर्चाका नेताहरुले जारी गरेको जारी संयक्त विज्ञप्तिमा शान्ति प्रक्रिया र संविधान निर्माणका लागि पूर्वसहमतिहरु कार्यान्वयन नआउंदासम्म राष्ट्रिय सहमति बन्न नसक्ने ठहर गरिएको उल्लेख छ ।सद्भाना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बैठकले सहमतिका लागि मोर्चामा रहेका दलहरुलाई बाहिर राखेर गर्ने निर्णय मान्ने नहुने निर्णय पनि भएको जानकारी दिनुभयो ।बैठकमा माओवादी र एमालेको सहमतिप्रति ध्यानआकर्षण भएको र सबै दलहरुका बीचमा हुने सहमतिमात्रै दिगो हुनेमा मोर्चा एकमत रहेको पनि महोताले बताउनुभयो ।भारतीय लगानीका जलविद्युत परियोजनाहरु माओवादीले लागु हुन नदिने भनाइप्रति मोर्चाले आपत्ति प्रकट गरेको छ । केही दिन अघि माओवादीले भारतीय लगानीका जलविद्युत परियोजना सुचारु गर्न नदिने बताएको थियो ।बैठकले तस्बिरसतिहको मतदाता परिचयपत्रको पनि विरोध गर्दै नागरिकताका आधारमा नभई कतदाता सूचिका आधारमा परिचय पत्र बनाउन माग गरेको छ ।मोर्चाको बैठकमा मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षको उपस्थिति रहेको थिएन । त्यस्तै मधेसी महिलाहरुले मनाउने जितिया पर्वमा महिलाहरुलाई विदा दिन सरकारसँग माग गरिएको छ ।

No comments: