News

Sep 17, 2010

नेपालीलाई अमेरिकी सम्मान डम्बर कडरियालाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अमेरिका -, आश्विन १ - शारिरीक तथा मानसिक विकास नभएका व्यक्तिहरु हेर्ने संस्थामा उत्कृष्ट काम गरेवापत अमेरिकाभरबाट पुरस्कृत हुने ४९ राज्य र वासिंगटन डिसिका ४० जनामध्ये न्यु ह्याम्सर राज्यको म्यानचेस्टरका डम्बर कडरिया पनि परेका छन् । उनले उक्त पुरस्कार मंगलबार, सेप्टेम्बर १४ मा वासिंगटन डिसिमा पाए । पुरस्कारमा सिल्ड, प्रमाणपत्र र उपहार समावेश छ । अमेरिकन नेटवर्क अफ कम्युनिटी अप्सन्स एन्ड रिसोर्स, एङ्कर फाउन्डेसनले एङ्कर २०१० स्टेट डाइरेक्ट सपोर्ट प्रोफेसनल अफ द एयर पुरस्कार प्रदान गर्छ । एङ्कर देशभरमा शारिरीक तथा मानसिक विकास नभएका व्यक्तिहरु हेर्ने संस्थाहरुको छाता संगठन हो । यो संगठन देशभरका ५ लाखभन्दा बढी त्यस्ता व्यक्तिको सेवा गर्ने ८ सयभन्दा बढी संस्थाको अभिभावकका रुपमा काम गर्छ । एङ्करका प्रमुख पिटर कोवाल्स्कीले वासिंगटनको कार्यक्रममा पुरस्कार प्रदान गरेका हुन् । सिनेटको निर्णयअनुसार सेप्टेम्बर १२ देखि १८ मा अमेरिकाभर डाइरेक्ट सपोर्ट प्रोफेसनलको पहिचान सप्ताह मनाइँदैछ । ताप्लेजुङ, मेहेलेका कडरिया आठ वर्षअघि डाइभर्जिटी भिसा परेर आएका हुन् । ४१ वर्षीय न्यु ह्याम्सरको म्यानचेस्टरको मुर सेन्टरमा काम गर्छन् । यसअघि न्यु ह्याम्सर राज्यमा उहाँले २०१० डाइरेक्ट सपोर्ट प्रोफेसनल अफ द एअर फ्रम रिजन सेभेन पाउनु भएको थियो । राज्यस्तरका दश क्षेत्रमा एक एक व्यक्ति पुरस्कृत भएकामध्ये एङ्करले कडरियालाई राष्ट्रियस्तरका लागि चयन गरेको हो ।

No comments: