News

Sep 19, 2010

चीनमा जापान विरोधी प्रदर्शन/दुई देशबीच तनाब सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेइजिङ/ जापानले केही समयअघि चिनियाँ माछा मार्ने व्यक्तिका क्याप्टेनलगायतलाई पक्राउ गरेको घटनाप्रति विरोध जनाउँदै करिब सयजना चिनियाँ नागरिकले बेइजिङस्थित जापानी दूतावासअगाडि प्रदर्शन गरेका छन् । केही अगाडि भएको सो घटनापछि दुई देशबीच सुरु भएको कूटनीतिक तनाबमा आजको यो प्रदर्शनले झन् आगो झोस्ने काम गरिदिएको बताइएको छ । सो दूतावासको केही मिटर मात्र पर आयोजित सो र्‍याली दूतावासतर्फ बढ्न थालेपछि ठूलो संख्यामा परिचलित सुरक्षाकर्मीले बाटो अवरुद्ध गरेको बताइएको छ ।
उनीहरूले सो र्‍यालीमा पक्राउ परेका क्याप्टेनलाई रिहा गर्न माग गर्दै नाराबाजी गरेको बताइएको छ । पूर्वी चीनको एक विवादास्पद समुद्री क्षेत्रबाट माछा मार्ने ती क्याप्टेनलाई हालै जापानले पक्राउ गरेपछि एसियाका यी दुई आर्थिक शक्ति चीन र जापानबीच कूटनीतिक तनाब बढेको हो । आवासीय क्षेत्र नरहेको सो टापुलाई चीनले सेन्कासु र जापानले दियाओयू नामबाट आ-आफ्नो दाबी गर्दै आइरहेका छन् । सो टापुलाई ताइवानले पनि दाबी गर्दै आइरहेको छ । सो टापुमा विशेषतः तेल र ग्यासको खानी रहेको बताइन्छ । सो क्षेत्र माछाका लागि समेत निकै प्रख्यात क्षेत्रका रूपमा परिचित छ ।

No comments: