News

Sep 16, 2010

वनमन्त्रीले जम्बो टोली लिएर अमेरिका उड्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र ३१ - चर्को विरोधपछि प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रसंघ महासभामा जाने निर्णय रद्द गरे पनि वनमन्त्री दीपक बोहरा जम्बो टोली लिएर अमेरिका उड्ने भएका छन् । 'सेभ द हिमालयज्/हिमाल बचाउ' कार्यक्रम गर्न भन्दै जम्बो टोली लिएर बोहरा असोज २ गते अमेरिका जान लागेका हुन् । कार्यक्रममा सहभागी हुनेको सूची बोहरा आफैंले तयार पारेका छन् । जसमा धेरैजसो बोहराका सहयोगी, व्यापारी र निकटका छन् । न्युयोर्कको 'ग्याग प्लाजा' मा हुने भनिएको हिमाल बचाउसम्बन्धी कार्यक्रममा सहभागी हुनेको नाम मन्त्रीले गोप्य ढंगले चयन गरेको भन्दै वन मन्त्रालयका अधिकारीले विरोध जनाएका छन् । पार्टीका कार्यकर्ताका साथै सहयोगीले कार्यक्रममा सहभागी गराउन बोहरालाई दबाब दिइरहेकाले टोलीको संख्या २५ पुग्न सक्ने स्रोतले बतायो । असोज ५ मा ग्याग प्लाजामा स्थानीय समयअनुसार दिउँसो १२ देखि ४ बजेसम्म प्रदर्शन गरिने कार्यक्रम तय भएको छ ।

No comments: