News

Sep 27, 2010

निहिता र शकुन्तलालाई ७ दिन जेल ५० रुपैयाँ जरिवाना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज ११- फ्रान्सेली नागरिक चार्ल्स शोभराजकी पत्नी निहिता विश्वास तथा सासू अधिवक्ता शकुन्तला थापाले अदालतको अवहेलना गरेको अभियोगमा सर्वोच्च अदालतले सात दिन जेल र ५० रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ। न्यायाधीशहरु बलराम केसी र रामकुमारप्रसाद साहको इजालसले दिनको २५ रुपैयाँका दरले हुन आउने रकम हर्जना बुझाए जेल सजाय भोग्नु नपर्ने निर्णय सुनाएको छ। भराजलाई सर्वस्वसहित जन्मकैदको फैसलाको प्रतिक्रियास्वरूप मुद्दामा बहस गरेकी थापा र शोभराजकी पत्नी विश्वासले अदालतपरिसरमै दिएको अभिव्यक्तिले अदालतको मानहानि गरेको भन्दै अधिवक्ताद्वय शान्ता सेढाईं र राजन भट्टराईले मुद्दा दायर गरेका थिए। थापा पक्षका वकिल र अदालतका सहयोगी एमिकस क्युरीका वरिष्ठ अधिवक्ता र अधिवक्ताले बहस गरेका थिए।एमिकस क्युरीका तर्फबाट नेपाल बारका अधिवक्तात्रय चण्डेश्वर श्रेष्ठ, हरिकृष्ण कार्की र पूर्णमान शाक्यले बहस गरे भने सर्वोच्च बारका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय सर्वज्ञरत्न तुलाधर र हरिहर दाहाल, अधिवक्ता रामजी विष्टले बहस गरेका थिए।

No comments: