News

Sep 30, 2010

प्रधानमन्त्री चयनको दशौ निर्वाचन आगामी २० गते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज १४, नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल व्यवस्थापिका संसदमा भएको प्रधानमन्त्री निर्वाचनमा नवौ पटक अस्वीकृत हुनुभएको छ । व्यवस्थापिका संसदमा आज भएको मतदानमा पौडेलको पक्षमा जम्मा १०५ मत परेको थियो ।कुल १६८ सभासद निर्वाचनमा सहभागी भएकोमा पौडेलको विपक्षमा २ र ६१ जना तटस्थ बसेका थिए । एकीकृत माओवादी, नेकपा एमाले, मधेशी जनअधिकार फोरम लगायतका दलहरु निर्वाचन प्रक्रियामा सहभागी नै भएनन् भने अन्य मधेशवादी दलहरु तटस्थ बसेका थिए ।एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीय निर्वाचनबाट अलग भएपछि पौडेल एक जना मात्र प्रतिष्पर्धामा हुनुहुन्छ । यसअघि आठौ चरणको मतदानमा पनि पौडेल एक्ला उम्मेदवार पौडेलले गत १० गते भएको मतदानमा पौडेलले ११६ मत प्राप्त गर्नुभएको थियो । संसद बैठकमा माओवादी र एमालेका शीर्ष नेताहरु उपस्थित थिएनन् ।प्रधानमन्त्री चयनको दशौ निर्वाचन आगामी २० गते हुनेछ । कांग्रेसले दशैसम्मका लागि निर्वाचन सार्न प्रस्ताव गरेपनि माओवादीले सहमति नजनाएका कारण निर्वाचन २० गतेका लागि तिथि तोकिएको हो । कांग्रेसले सूचना टांसेर बैठक स्थगित गर्न प्रस्ताव गरेपनि माओवादीले अनन्तकालसम्म निर्वाचन स्थगित गर्न नसकिने बताएको थियो ।

No comments: