News

Sep 29, 2010

प्रयोगकर्तालाई केही कुराको जानकारी चाहियो कि गुगल भरपर्दो माध्यम बन्दै आएको छ । तश्वीर पनि अपलोड र डाउनलोड गर्न सकिने भएकाले यसका प्रयोगकर्ता ठूलै संख्यामा रहेका छन्र । सूचना प्रविधिको क्षेत्रमा एकलौटी वर्चश्व कायम गर्दै आएको गुगललाई अहिले फेसबुकले कडा चुनौती मात्र दिएको छैन, पछि नै पारिदिएको छ । कमस्कोर नामक एक साइटले गरेको अध्ययनअनुसार अमेरिकाका वेब प्रयोगकर्ताले गुगलमा सर्च गर्नुभन्दा फेसबुकमा बढी समय बिताइरहेका छन् । अध्ययनअनुसार गएको अगस्त महिनामा मात्र अमेरिकीहरूले चार करोड १० लाख मिनेट फेसबुकमा बिताएका थिए ।गुगल सर्च गर्ने समय भने तीन करोड ९८ लाख मिनेट रहेको थियो । यसमा युट्युब, फ्रि जिमेल, गुगल च्यूजलगायत गुगलका सबै साइटहरू समावेश छन्र । तेस्रो नम्बरमा धकेलिएको याहु साइटका अमेरिकी प्रयोगकर्ताले ३ करोड ३७ लाख मिनेट मात्र नेटमा बिताएका थिए । फेसबुकले जुलाइ महिनामा मात्रै याहुलाई पछि पार्दै अघि बढेको थियो । अघिल्लो वर्षको अगस्तमा नेट प्रयोगकर्ताले फेसबुक र गुगलमा करिब ५५ प्रतिशत समय खर्च गरेका थिए भने याहुमा १२ प्रतिशत ।

No comments: