News

Sep 20, 2010

मातृका नेतृत्वको माओवादीले मालपोत प्रमुखलाई मोसो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काभ्रे, आश्विन ४ - मातृका यादव नेतृत्वको नेकपा माओवादीले सोमबार काभ्रेका मालपोत प्रमुखलाई मोसो दलेको छ । माओवादी काभ्रे सेक्रेटरी दाबा लामा नेतृत्वको समूहले कार्यकक्षमै गएर मालपोत प्रमुख जनार्दन गुरागाईंलाई मोसो दलेको हो । कार्यालयभित्र भएका अनियमितता र ढिलासुस्तीविरुद्ध मोसो दलेको माओवादी काभ्रे सेक्रेटरी लामाले बताए । प्रमुख जिल्ला अधिकारी सुधीरकुमार शाहले भने मोसो दल्ने कार्यमा संलग्नलाई तत्काल कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

No comments: