News

Sep 28, 2010

सात वर्षीय बालकले चलाए डोजर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काभ्रे, ११ असोज,सामान्यतया सात वर्षको बालकले साइकल पनि हाक्न सिकेको हुदैन । तर, युकेजीमा पढ्ने काभ्रेका एक बालकले डोजर चलाएर सबैलाई चकित बनाइदिएका छन् । सागा गाविस-७ का ७ वर्षीय दावा फिन्जु (डिएफ) लामाले सोमबार सागा गाविस-७ स्थित आशापुरेश्वरमा स्काभेटर २०० पिसी चलाएर देखाएका हुन् । उनले डोजर मात्र चलाएनन् बाटोसमेत खनेर गाउालेलाई जिल्ल बनाए । उनलाई साहसी बालकको संज्ञा दिदै गिनिजबुकमा नाम लेखाउने पहल गर्न माग गरिएको छ । ०६० साल असार १ गते आमा हीरामाया लामा र बुबा राजेश लामाबाट जन्मेका हुन्, दावा । उनी विद्यालयमा पनि उत्कृष्ट छात्राको रूपमा रहेका छन् । उचाइ ३ फिट १० इन्च मात्र रहेका यी बालकलाई डोजरमा चढ्न र ओर्लनसमेत झुन्डिनुपर्छ । उभिएर ब्रेक थिच्नुपर्छ ।
डोजर चलाउन सक्छन् भन्ने पहिले उनकै बाबुआमालाई पनि थाहा थिएन । विद्यालय छुट्टी भएपछि भागीभागी डोजर चलाउन सिकेको उनले बताए । 'दिनहुँ बिहान-बेलुका घरबाट हराउाथ्यो, कहा गयो भनेर खोज्दा स्काभेटरमा खेल्न गएको भेटिन्थ्यो,' बालकका बाबु राजेश लामाले भने, 'एकदिन अपरेटर भाइले तपाइर्ंको छोराले पनि डोजर चलाउन थाल्यो भनेपछि पहिला पत्यार लागेन, पछि हेर्दा त जिल्ल परेँ ।' आशापुरेश्वरमा डोजर अपरेटर पूर्ण स्याङ्तानले डोजरको काम गरिरहेका वेला बालक दावा सधैा खेल्ने बहानामा सिक्न जाने गर्थे । पूर्णले पनि बालकलाई काखमा राखेर चलाउन सिकाइदिए । 'पूर्ण अंकलले चलाएको देखेर सिके, अब त सबै काम गर्न आउछ, भीर र पहरामा पनि बाटो बनाउन सक्छु,' बालक दावाले गर्वका साथ भने ।
सोमबार सार्वजनिक रूपमा उनले डोजर चलाएर बाटो खनेको हेर्न सयौ स्थानीयका साथै उनको नातेदार र विद्यालयका  शिक्षक र साथीहरू उपस्थित भएका थिए । सातवर्षे बालकले डोजर चलाएको विश्वकै प्रथम हुन सक्ने सागा गाविसका समाजसेवी टुल्कु लामाको कथन छ ।
'गिनिजबुकमा यी बालकको नाम लेखाउन अब हामी क्रियाशील हुन्छौ' उनले भने । उनको प्रतिभा हेर्न उपस्थित भएका जिल्ला शिक्षा अधिकारी रामशरण सापकोटाले विद्यालयका पि्रन्सिपल श्याम भुजेललाई विनाशुल्क पढाउन आग्रह गरेका छन् । डोजर अपरेटर देवचरण चौधरीलाई पनि बालकले डोजर चलाएको देखेर अचम्म लागेको छ । 'मलाई नै डोजर चलाउन सिक्न तीन महिना लाग्यो, तर यी बालकले २५/३० दिनमै सिकेर चलाए । खुट्टा पुग्दैन, तर सबै हातले भ्याएका छन्, मलाई नै अचम्म लाग्यो,' उनले भने । दावा हाल सागाको विकटेश्वर बोर्डिङ स्कुलमा युकेजीमा पढ्छन् ।

No comments: