News

Sep 29, 2010

जबर्जस्ती पैसा उठाउने नेता-कार्यकर्ता पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धरान,असोज १३ - राजमार्गमा जर्बजस्ती पैसा उठाएको आरोपमा प्रहरीले विभिन्न राजनीतिक दल आवद्ध मजदुर संगठनका ८ जना नेताहरुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एमाले निकट नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका कोशी अञ्चल सदस्य गोविन्द गिरी, दुर्गा पोख्रेल, यज्ञ प्रसाई र धरान नगर कमिटिका उपाध्यक्ष तारा शाक्य रहेका छन्। यसैगरि, एमाओवादी निकट अखिल नेपाल मजदुर संघका जिल्ला इञ्चार्ज देव राई, कांग्रेस निकट नेपाल यातायात चालक संघका धरान अध्यक्ष धनबहादुर राई र नेपाल यातायात मजदुर संघका पुरण राई र डि.बि.लामा पनि पक्राउ परेका छन्। मजदुर नेताहरुलाई आज बुधबार बिहान करिब १० बजे धरान ८ तीनकुनेस्थित धरान प्रवेशद्धारबाट इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो। हाल ती नेताहरुलाई इलाका प्रहरी कार्यालयमा राखिएको छ। मजदुर नेताहरुले विनाकारण आफुहरुलाई पक्राउ गरेर प्रहरीले ज्यादती गरेको आरोप लगाएका छन्। 'हाम्रो संगठनमा आवद्ध यातायात मजदुर साथीहरुले ०३६ सालदेखि लेवि तिदै आएका छन्, यो कुराको जानकारी प्रहरी प्रशासनलाई पनि थाह छ,' नेपाल यातायात स्वतन्त्र मजदुर् सगठनका धरान अध्यक्ष कमल भटराईले भने, 'तर, अहिले प्रहरीले एक्कासी लेवि उठाउन पाउदैन भनेर नेताहरुलाई समातेर लग्यो।' उनका अनुसार मंगलबार पनि प्रहरीले सोही स्थानबाट चारवटै संगठनका रसीद र पैसा कब्जामा लिएर मजदुरहरुलाई लखेटेको थियो।इलाका प्रहरी कार्यालय धरानका प्रमुख एवं डिएसपी उमाशंकर पञ्जियारले भने राष्टिय राजमार्गहरुमा पैसा उठाउन नपाउने भएकोले माथिको आदेश वमोजिम आग्रह गर्दा नमानेकोले पक्राउ गरिएको बताए। 'राजमार्गमा पैसा उठाउन पाइदैन भनेर आग्रह गर्यौं, तर जर्बजस्ती गरेपछि उहाँहरुलाई नियन्त्रणमा लिएका हौं,' डिएसपी पञ्जियारले भने। राजनैनिक दल निकट यातायात मजदुर संठगनहरुले धरान प्रवेशस्थल तीनकुनेमा आ आफ्नो संगठनमा आवद्ध मजदुरहरुसंग दैनिक १० रुपैयाले लेवी उठाउदै आएको छ। यसरी उठाएको लेवी मजदुरकै हितमा खर्च गर्ने मजदुर संगठनहरुले दाबी गदै आएको छ। यसैबीच, पक्राउ परेका नेताहरुले केन्द्रीय नेताहरु नआएसम्म प्रहरीसँग वार्तामा नबस्ने जनाएका छन्। 'केन्द्रीय नेताहरु नआएसम्म प्रहरीसँग वार्तामा बस्दैनौं,' पक्राउ परेकी तारा शाक्यले टेलिफोन सम्पर्कमा भनिन्।

No comments: