News

Sep 24, 2010

इटहरी बजार क्षेत्रमा सिसी क्यामेरा जडान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुनसरी, ७ असोज,आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले इटहरी बजार क्षेत्रको एक किलोमिटर आसपासका सम्पूर्ण गतिविधि क्यामेराले खिच्न थालिएको  छ । आपराधिक घटना बढ्न थालेकाले निजी क्षेत्रको पहलमा सिसी क्यामेरा जडान गरिएको हो । क्यामेराले खिचेको १८ दिनसम्मको गतिविधि कम्प्युटरमा रेकर्ड हुने बताइएको छ । पूर्वाञ्चलकै पहिलो र ठूलो गोरखा डिपार्टमेन्ट स्टोरले पिटिटु सिसी क्यामेरा जडान गरी सातादेखि दृश्य कैद गर्न थालेको हो । डिपार्टमेन्ट स्टोरको माथिल्लो तलामा जडान गरिएको क्यामेराले इटहरी चोक, पूर्व-पश्चिम लाइन, धरान रोड र विराटनगर रोडलाई समेट्छ ।
यस्तै, आँपगाछी, शान्तिनगरलगायत क्षेत्रमा भएको गतिविधि खिचेर मुख्य कम्प्युटरमा रेकर्ड राखिन्छ । यो क्यामेरालाई मुख्य सर्भरबाट नियन्त्रण गर्न सकिने भएकाले वरिपरि घुमाउनसमेत सकिने डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्यले बताए । आचार्यका अनुसार इटहरीको दृश्य विश्वको कुनै पनि कुनाबाट  इन्टरनेटमार्फत प्रत्यक्ष हेर्न सकिने व्यवस्थासमेत मिलाइएको छ । यसका लागि सबैभन्दा पहिले इन्टरनेटमा खाता खोल्नुपर्छ । त्यसपछि डिपार्टमेन्टले  युजर नेम र आइडी उपलब्ध गराउनेछ । युजर नेम र आइडी पाएपछि संसारको कुनै पनि कुनाबाट इटहरीमा भएको गतिविधि हेर्न सकिने सञ्चालक आचार्य बताउँछन् । यसबाट सुरक्षा निकायलाई समेत आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सघाउ पुग्ने विश्वास डिपार्टमेन्ट स्टोरले लिएको छ ।

No comments: