News

Sep 17, 2010

भूमिगत भनिएका मोहनविक्रम सार्वजनिक कार्यक्रममा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लामो समयदेखि अर्धभूमिगत अवस्थामा रहनुभएका नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह शुक्रबार राजधानीमा आयोजित एक सार्वजनिक कार्यक्रममा उपस्थित हुनुभयो ।रेडियो प्यूठानद्वारा नेपाल पर्यटन बोर्डमा आयोजित ‘प्यूठानको पर्यटन व्यवसाय र नेपाल पर्यटन वर्ष, २०११’ विषयक अन्तक्रिर्या कार्यक्रममा उपस्थित नेता सिंहको तस्वीर लिन भने दिइएको थिएन ।महामन्त्री सिंहले अस्वस्थ्यताका कारण ‘प्यूठान विकासको अवधारणा’ को पूर्णपाठ श्रीमती दुर्गा पौडेलबाट गराउनुभएको थियो ।उहाँले देशको विद्यमान आर्थिक, सामाजिक र राजनीतिक व्यवस्थामा उच्च र मुठ्ठीभर व्यक्तिहरूलाई मात्रै फाइदा पुग्ने प्रकृतिको विकासको अन्त्य हुनुपर्ने बताउनुभयो ।पर्यटनको विकास गरिँदा बहुसङ्ख्यक जनताको हितलाई ध्यान दिन पनि उहाँले आग्रह गर्नुभयो ।कार्यक्रममा सभासद्हरू लक्ष्मीराम नेपाली र पूर्वसांसदहरू हरि आचार्य, वीरबहादुर सिंह र खेमराज पण्डित तथा पत्रकार सूर्य थापाले प्यूठानको पर्यटकीय सम्भावनाबारे विचार राख्नुभएको थियो ।

No comments: