News

Sep 29, 2010

रेलमार्ग ल्हासाबाट नेपालतर्फ विस्तार गर्न सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेइजिङ,चीनले विश्वको सबैभन्दा अग्लो भू-भागमा सञ्चालन गर्दै आइरहेको छिङहाई-तिब्बत रेलमार्गलाई तिब्बतको सदरमुकाम ल्हासाबाट नेपालतर्फ विस्तार गर्न सुरु गरेको छ ।चार वर्ष अगाडि ल्हासामा पुगेको रेलमार्गलाई आगामी चार वर्षभित्र २५३ किलोमिटर विस्तार गरी तिब्बतको दोस्रो ठूलो सहर सिगात्सेसम्म पुर्‍याउन यसै हप्ताबाट काम सुरु गरिएको चिनियाँ सञ्चारमाध्यमहरूले आज जनाएका छन् ।छिङहाई प्रान्तबाट सुरु भई समुद्री सतहबाट पाँच हजार मिटरभन्दा अग्लो भू-भाग हुँदै निर्माणाधिन छिङहाई-तिब्बत रेलमार्गलाई ल्हासाबाट विस्तार गरी नेपाली सीमासम्म पुर्‍याउन नेपालले पटकपटक चीनसँग अनुरोध गर्दै आइरहेको छ ।ल्हासा-सिगात्से रेलमार्ग निर्माणका लागि करिब १३ अर्ब ३० करोड चिनियाँ युवान अर्थात् रु डेढ खर्ब विनियोजन गरिएको बताइएको छ ।तिब्बतको ल्हासाबाट काठमाडौँसम्म झन्डै ५० वर्ष अगाडिदेखि सञ्चालन भइरहेको मितेरी राजमार्ग पनि सिगात्से हुँदै जान्छ ।नेपाल, भारत र भुटानसँग सीमा जोडिएको तिब्बत पि्रफेक्चरमा पर्ने सिगात्से पञ्चेन लामाको बासस्थान हो ।झन्डै ६०० वर्ष पुरानो इतिहास रहेको सिगात्से सहर धार्मिक पर्यटनको दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।

No comments: