News

Sep 21, 2010

कांग्रेसलाई उम्मेदवारी फिर्ता लिन माओवादीको आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा(माओवादी)को आज बसेको स्थायी समितिको बैठकले नेकपा एमालेसँग भएको तीन बुँदे सहमतिलाई अनुमोदन गर्दै नेपाली कांग्रेसलाई पनि प्रधानमन्त्री पदको उम्मेदवारी फिर्ता लिएर सहमतिमा आउन अनुरोध गर्ने निर्णय गरेको छ।पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको स्थायी समिति बैठकले अन्य दलसित राष्ट्रिय सहमतिको सरकार गठनका लागि छलफल गर्ने निर्णय गर्दै अनमिनको म्याद थप्ने निर्णयलाईसमेत अनुमोदनगरेको छ।त्यसैगरी पार्टीको घोषित नीतिविपरित विपरीत बोल्न/लेख्न नपाइने निर्णय गर्दै त्यसो गरेमा छानबिन र कारबाही गरी कारबाही गर्ने निर्णय गरेको छ।बैठकले तोकिएको समयावधिभित्र जनवर्गीय संगठनको राष्ट्रिय सम्मेलन गर्ने निर्णय गर्दै उद्योग वाणिज्य संघ पुनर्गठन भएको छ। आचारसंहिता अनुगमन तथा नियमित अनुशासन अनुगमनका लागि शक्तिशाली अनुशासन विभाग गठन गर्ने निर्णयसमेत आजको स्थायी समिति बैठकले गरेको छ।यस्तो क्रम बढेकाले बैठकले पार्टी नेता/कार्यकर्तालाई पार्टीको आधिकारिक धारणा बाहिर गएर कुनै अभिव्यक्ति नदिन निर्देशन जारी गरेको प्रवक्ता शर्माले बताउनुभयो ।यसैगरी बैठकले सरकार र एमाओवादीको सहमतिमा अनमिनको म्याद चार महिना थपिएको विषयलाई स्वागत गर्दै आगामी कात्तिक ६ गते पार्टीको विस्तारित बैठक चितवनमा गर्ने, जनवर्गीय सङ्गठन र मोर्चाको राष्ट्रिय भेला आगामी मङ्सिरदेखि सुरु गर्ने निर्णय समेत गरेको छ ।त्यस्तै, पार्टीको नामबाट फरकफरक रूपमा रहेका दुईवटा राष्ट्रिय उद्योग व्यापार महासङ्घलाई एकीकृत गर्ने, पार्टी आचारसंहितालाई नियमित रूपमा अनुगमन गर्न शक्तिशाली अनुशासन विभाग बनाउने र राष्ट्रिय स्वाधीनताको पक्षमा जारी प्रचारात्मक आन्दोलनलाई प्रभावकारी बनाउने निर्णय गरेको प्रवक्ता शर्माले बताउनुभयो ।त्यसैगरी बैठकले संघर्षको प्रचारका लागि माओवादीले विभिन्न नारासमेत तय गरेको छ। माओवादीले आज तय गरेको नारा यस प्रकार छ-सम्पूर्ण देशभक्त शक्तिहरू एकजुट होऔं,राष्ट्रिय स्वाधीनताको रक्षा गरौं !
सन् १९५० को सन्धि लगायतका सम्पूर्ण असमान सन्धि सम्झौताहरू खारेज गर !
विदेशी हस्तक्षेप र राष्ट्रिय आत्मसमर्पणवाद मूर्दावाद,
नेपाली जनताको सर्वभौमसत्ता र आत्मनिर्णयको अधिकार जिन्दावाद !
प्रतिक्रान्तिकारी षडयन्त्र बन्द गर,
शान्ति र संविधान सुनिश्चित गर !
भारतीय हस्तक्षेप बन्द गर !
राष्ट्रिय संयुक्त सरकार गठन गरौं !
जनताको संघीय गणतन्त्र जिन्दावाद !
सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिहरू एकजुट होऔं,
राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, शान्ति र जनसंविधान सुनिश्चित गरौं !
शान्तिसम्झौताअनुरुप जनयुद्धकालका सम्पूर्ण मुद्दा खारेज गर !
सम्पूर्ण झुट्टा मुद्दा खारेज गर !!
बेरोजगार युवाहरूलाई रोजगारीको ग्यारेण्टी गर,
निम्न आय भएका जनतालाई सहुलियत दरमा राशन उपलब्ध गर,
बढ्दो महँगी नियन्त्रण गर,
भ्रस्टाचारी, तस्कर र कालोबजारीलाई कारबाही गर !
एकीकृत नेकपा -माओवादी जिन्दावाद !

No comments: