News

Sep 16, 2010

अन्ना कुर्निकोभा कामुक शरीरका कारण सधैँ चर्चामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रुसमा जन्मिएकी टेनिसकी पूर्वखेलाडी अन्ना कुर्निकोभा आफ्नो कामुक शरीरका कारण सधैँ चर्चामा आइरहन्छिन् । फेरि एकपटक २९ वर्षीया कुर्निकोभाले आफू पुरुषहरूको मुटुको घड्कन बढाउन सक्षम रहेको प्रमाणित पनि गरेकी छन् । सेतो बिकनी लगाएर अक्टोबर महिनामा माक्सिम पत्रिकाको कभरपेजमा आउन लागेकी अन्नाले त्यही तस्बिरबाट जीवनमा कहिल्यै पनि ग्रान्डस्लाम नजिते पनि आफू किन चर्चामा रहन्छु भन्ने प्रमाणित गरेकी छिन् । सो तस्बिरमा उनको कामुकता प्रस्ट देखिन्छ । आफ्नो शरीरको चर्चा चल्दा उनी त्यसलाई वास्ता पनि गर्दिनन् । उनकै मुलुककी अन्ना च्यापम्यानझैँ उनी पनि रुसका लागि जासुसीमा लागेकी हुन् कि भनेर प्रश्न गर्‍यो भने उनी उन्मुक्त रूपमा हाँस्छिन् । 'हा हा, म शान्ति र सत्य अनि इमानदारितालाई मान्छु । मैले जासुसी गर्ने हो भने म कभरपेजमा आउने थिइनँ,' उनले थपिन्, 'म आफ्नै आँखाले संसार हेर्छु । म जस्तो छु त्यस्तै ठीक छु ।' अन्ना लामो समयदेखि गायक इंरिक इग्लेसियाजसँग प्रेमबन्धनमा छिन् । तर, उनलाई किन बिहे नगरेका भनेर प्रश्न सोध्यो भने सीधा जवाफ दिन्नन् । 'कागजी रूपमा एक्ली छु, हो, तर म प्रेममा छु,' उनी भन्छिन् । अन्नाले विदेशमा कार्यरत अमेरिकी सैनिकहरूको संगठन युएसओका बारेमा पनि बोलिनन् । उनी सो संगठनका लागि काम पनि गर्छिन्, तर ती सैनिकहरू विदेशमा खुसी नरहेको पनि बताउँछिन् । उनले भनिन्, 'मलाई उनीहरूको माया लाग्छ । उनीहरू मेरा फ्यान हुन् तथा उनीहरूको कोठामा मेरो खेलाडी जीवनको तस्बिर देख्दा रमाइलो पनि लाग्यो । मैले सैनिकमा राम्रा र सम्मानित व्यक्तिहरू भेटिन भन्न पनि मिल्दैन ।' साथै उनले आफू अमेरिकी नागरिक बन्दा सैनिकहरूको सहयोग पाएको खुलासा पनि गरिन् । 'म आफूलाई सधैँ आधा रुसी र आधा अमेरिकी मान्छु । मसँग कुन राहदानी छ भन्ने विषय ठूलो कुरा होइन,' उनले भनिन् ।

No comments: