News

Sep 26, 2010

दाहालको उम्मेदवारी औपचारिकरुपमा फिर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन १० - माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री पदमा निर्वाचित गरियोस भनि गरेको प्रस्तावलाई फिर्ता लिएका छन् । प्रधानमन्त्रीको उम्मेदबारीको सुचीबाट अध्यक्ष दाहाल नाम आइतबारबाट औपचारिकरुपमा हटेको छ । आज बसेको व्यवस्थापिका संसद बैठकमा उपाध्यक्ष भट्टराई फिर्ताका लागि प्रस्ताव निर्णयार्थ पेश गरेका थिए । बहुमत संसद सदस्यले उम्मेदबारी फिर्ताको सर्मथन गरेका थिए ।
उपाध्यक्ष भट्टराईले सातौं चरणको निर्वाचनबाट पनि कुनै उपलब्धी हासिल नभएको भन्दै उम्मेदबारी फिर्ता लिएको बताए । उपाध्यक्ष भट्टराईले प्रचण्डको उम्मेदबारी व्यापक सभासदको सर्मथनमा फिर्ता भएको दाबी गरे । कांग्रेसले पनि राष्ट्रिय सहमतीय सरकारका लागि उम्मेदबारी फिर्ता लिने उनले विश्वास व्यक्त गरे ।
बैठकबाट बाहिरिएपछि संचारकर्मीसंग कुरा गर्दै उनले भने,'राष्ट्रिय सहमतिको लागि हामीले प्रधानमन्त्रीको उम्मेदबारी फिर्ता लिएका हौं कांग्रेससंग पनि उम्मेदबारी फिर्ता लिन आग्रह गछौ ।' व्यवस्थापिका संसद नियमावली २०६५ नियम २२ वमोजिम फिर्ता लिन पेश गरिएको लिखित प्रस्तावलाई भटट्राईले संसद बैठकमा प्रस्तुत गरको थिए । यस अघि माओवादीले प्रधानमन्त्रीको उम्मेदबारी फिर्ता लिने घोषणा गरिसकेको छ । सातौं चरणको प्रधानमन्त्रीको निर्वाचनबाट कुनै उपलब्धि हासिल नभएपछि माओवादीलेआफ्नो उम्मेदबारको मनोनयन फिर्ता लिने निर्णय गरेको थियो । अध्यक्ष दाहालको उम्मेवारी फिर्ता लिएपछि माओवादी लगायत अन्य दलका सभासद बैठकबाट बाहिरिएका थिए , भने कांग्रेसका सभासद आफ्ना उम्मेदबार रामचन्द्र पौडेलको पक्षमा मतदान गरिरहेका थिए ।

No comments: