News

Sep 27, 2010

धूमपानका कारण मुटुरोग नियन्त्रणमा समस्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ललितपुर, आश्विन १० - धूमपानका कारण मुटुरोग नियन्त्रणमा समस्या आएको भन्दै विशेषज्ञहरुले नियन्त्रणका लागि प्रभावकारी कदम चल्न सुझाव दिएका छन्। मुटु दिवसको पूर्वसन्ध्यामा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा विज्ञहरूले यस्तो सुझाव दिएका हुन । कार्यक्रममा विशेषज्ञहरूले सर्वोच्च अदालतले सार्वजनिक स्थानमा हुने धूमपान रोक्न सरकारका नाममा आदेश जारी गरे पनि हालसम्म कार्यान्वयन हुन न सकेको प्रति सरोकारवाला सबैको ध्यानाकर्षण गराए । 'सार्वजनिक ठाउँमा हुने धूमपान रोक्न अब ढिला भइसकेको छ,' वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालाले व्यवस्थापिका संसद्मा विचाराधीन धूमपान नियन्त्रण विधेयक तत्काल पारित हुनुपर्ने बताए । धूमपान र सुर्तीजन्य वस्तुको सेवनको दरसँगै मुटुरोगीको अनुपात पनि घटाउन सकिन चिकित्सकले बताए । यतिमात्र नभई शिशु र साना बालबालिकामा जन्मजात मुटुरोग बढ्दो दर बढ्दो रहेको गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा अरुण मास्केले जनाए । यसैबीच नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेजले समेत शनिबार विशेष कार्यक्रमका साथ विश्व मुटु दिवस मनाएको छ । उक्त कार्यक्रममा डा. भरत रावतद्वारा लिखित 'मुटरोग : जीवनशैलीको रोग' पुस्तिका समेत विमोचन गरिएको थियो ।

No comments: