News

Sep 21, 2010

बलिउडकी नायिका लारा दत्ता विवाह बन्धनमा बाँधिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
न्युयोर्क/ भारतीय टेनिस स्टार महेश भूपति र बलिउडकी नायिका लारा दत्ता विवाह बन्धनमा बाँधिने भएका छन् । उनीहरूले न्युयोर्कमा बिहेको कुरा छिनेका छन् । सोसियल नेटवर्किङ साइट टि्वटरमार्फत सो जोडीले अघिल्लो साता न्युयोर्कमा इन्जगेजमेन्ट गरेको दाबी गरेको हो । यसै वर्षको सुरुवातमा भूपतिले मोडेल श्वेता जेशंकरसँगको ६ वर्ष लामो वैवाहिक सम्बन्ध तोडेका थिए । 'हो लारा र मैले न्युयोर्कमा इन्गेजमेन्ट गरेका छौँ,' इन्गेजमेन्टको आधिकारिक जानकारी दिँदै भूपतिले भने, 'मिडियामा आएका समाचार सत्य हो ।' चेन्नाईमा डेभिस कपको प्ले अफअन्तर्गत ब्राजिलविरुद्ध खेल्नुअगाडि भूपतिले आपनो टि्वटरमा लारासँगको सम्बन्धबारे प्रस्ट्याउँदै लेखेका छन्, 'अब छिट्टै वैवाहिक जीवनमा गाँसिनेछौँ ।'
पूर्वपत्नी श्वेतासँग दुई वर्षदेखि सम्बन्धविच्छेद भएको दाबी गर्दै भूपतिले भने, 'श्वेता र म दुई वर्षअघि नै अलग भइसकेका थियौँ, धेरै असमझदारी भएकाले हामीले अलग बस्ने निर्णय गरेका हौँ ।'
पूर्व मिस युनिभर्स लारा पछिल्लो दस वर्षदेखि न्युयोर्कमा बस्दै आएकी छिन् । भूपतिले पनि त्यहीँ नै जीवन बिताउँदै आएका छन् । उनीहरूको प्रेमसम्बन्धबारे मिडिया तथा नजिकका मित्रहरूसमेत अनभिज्ञ थिए । गत साता सम्पन्न वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपनका क्रममा भूपतिले लारालाई भव्य रात्रिभोज दिएका थिए । 'उनले -भूपति) मलाई विशेष क्याडिल लाइट डिनर दिए,' लाराले डिनरबारे स्पष्ट पार्दै भनिन्, 'आश्चर्यजनक रूपमा उनले विवाहको प्रस्ताव राखे, म त्यतिवेला स्तब्ध तथा नाजवाफ भएकी थिएँ ।'
लाराका अनुसार, सो क्यान्डिल लाइट डिनरमा भूपतिले लुकाएर आकर्षक डिजाइनको औँठी ल्याएका थिए । 'पहिला त मैले विश्वास गर्न सकिनँ, उनले औँठी साथमा ल्याएका थिए भनेर,' लाराले भनिन्, 'उनको प्रस्ताव मैले स्वीकार गरे ।' यद्यपि, लारा र भूपतिले इन्गेजमेन्ट गरेको सार्वजनिक भए पनि दुवै खुलेर मिडियामा आउन चाहेका छैनन् । तर, लाराले कतिपय अन्तर्वार्तामा आफू एक्लो नभएको बताउने गर्छिन् ।
'मिडियाले मलाई एक्लो वा जोडीको प्रश्न गर्दा एक्लो नभएको जवाफ दिन्थ्यो,' लाराले भनिन्, 'मेरो व्यक्तिगत जीवनमा जे पनि भन्न पाउँछु, अक्सर भन्ने गर्छु पनि, दुईबीचको सम्बन्धबारे पनि ।' यता भूपतिका पूर्वश्रीमती श्वेताले आफूहरूबीचको वैवाहिक जीवनको अन्त्य लाराकै कारण भएको आरोप लगाएकी छिन् ।
'हामीबीचको सम्बन्ध तोडिनमा लाराको हात प्रमुख छ,' श्वेताले भनिन् । तर, लाराले भूपतिको वैवाहिक जीवनमा आफू कहिले तगारो नबनेको दाबी गर्छिन् । लाराका अनुसार, अघिल्लो वर्ष मात्र भूपतिसँग उनले भेटेकी थिइन् ।
'श्वेताको सम्बन्ध बिग्रनुमा मेरो हात छैन,' लाराले भनिन्, 'त्यो आपसी असमझदारी थियो ।' इन्गेजमेन्ट गरे पनि लाराले यस वर्ष विवाह हुन नक्सने जानकारी दिइन् । 'हामी दुवै निकै व्यस्त छौँ, यस कारण यस वर्ष विवाह हुने सम्भावना छैन,' उनले भनिन्, 'भूपति कमनवेल्थ खेलकुद तथा डेभिस कपको तयारीमा छन् ।' दुवै पक्षको परिवारले समेत विवाहको स्वीकृति दिएको लाराको भनाइ छ । 'हामी दुवैका परिवार निकै खुसी छन् र उत्साहित पनि,' लाराले भनिन् ।

No comments: