News

Sep 15, 2010

भदौ ३० लाई कालोदिनका रूपमा मनाए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कपिलवस्तु घटनापीडितले भदौ ३० लाई कालोदिनका रूपमा मनाएका छन् । कपिलवस्तु घटनाका पीडितहरूको सङ्घर्ष समिति कपिलवस्तुले घटनाको स्मरण गर्दै कालो दिनका रूपमा मनाएको हो ।घटनापीडित सङ्घर्ष समितिका महासचिव संयोजक महादेव पोख्रेलले घटनाको सत्यतथ्य सार्वजनिक गरिदिन आग्रह गरेका छन् ।तत्कालीन घटनाको छानविन गर्न बनेको मल्लिक आयोगले प्रतिवेदन सार्वजनिक नगरेको र पीडितको जायज मागलाई सरकारले हालसम्म पनि उपेक्षा गर्दै आएको भन्दै विभिन्न मागसहित कालो दिनको रूपमा मनाइएको समितिले जनाएको छ ।कालो झण्डा र कालो व्यानरसहित समितिले बुधबार चन्द्रौटा बजारमा प्रदर्शन गरेको छ ।विसं २०६४ भदौ ३० गते भएको मोइद खाँको हत्या घटनापश्चात कपिलवस्तुमा १४ जनाले ज्यान गुमाएका थिए भने चन्द्रौटा, कृष्णनगर, पत्थरदेइया, विसुनपुर, शिवपुर, खुरुहुरिया, गणेशपुरलगायतका गाविसका सयौं घरगोठ, सयौँ सवारीसाधनको तोडफोड र आगजनी गरिनुका साथै हजारौँ मानिस घरबारबिहीन भएका थिए ।

No comments: