News

Sep 18, 2010

२० कांग्रेस केन्द्रीय सदस्यले उम्मेदवारी फिर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज ३,कांग्रेस केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका मध्ये फिर्ता लिनेको संख्या २० जना पुगेको छ। निर्वाचन समितिले आज बिहान १० बजेदखि १२ बजेसम्म उम्मेदवारी फिर्ताको लागि समय तोकेको थियो। यसअघि अञ्चल सदस्यबाट १३ जना, खुलाबाट २ जना, जनजातिबाट १ जना र मुस्लिमबाट एक जनाले उम्मेदवारी फिर्ता गरेको केन्द्रीय निर्वाचन समितिले जनाएको थियो।उम्मेदवारी फिर्ता लिनेहरुमा विश्वप्रकाश शर्मा, फर्मुला मन्सुर लगायतका नेताहरु रहेका छन्। निर्वाचन समितिले साँझसम्म केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरुको अन्तिम नामावली प्रकाशित गर्ने जनाएको छ।

No comments: